English

नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ

ओरालोतिर अर्थतन्त्र


नेपालको व्यापार घाटा चालू आर्थिक वर्षको पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको भन्दा ३४.५ प्रतिशतले बढेर ११ खर्ब ६१ अर्ब रुपैयाँ पुग्यो । यो आँकडा कमजोर नेपाली अर्थतन्त्रलाई पाठ पढाउन काफी छ ।

हाम्रो राजनीतिक वर्ग र नोकरशाही तन्त्र ‘शुभ–लाभ’ को चक्करमा पर्दै जाने र नीतिगत सुधारमा जाँंगर नचलाउने हो भने यो आर्थिक वर्षको पुछारमा पुग्दाको तस्वीर झनै झस्काउने खालको हुने नीश्चित छ । व्यापार घाटा चुलिएर करिब १८ खर्ब रुपैयाँसम्म नपुग्ला भन्न सकिन्न । व्यापार घाटाको यो रकमले दिने स्पष्ट सन्देश हो, नेपालको अर्थतन्त्र चिन्ताजनक मोडमा पुग्दै छ ।

व्यापार घाटाकै कारण भुक्तानी असन्तुलन र विदेशी मुद्रा सञ्चितिमा तीव्र दबाब परेको बुझ्न कठिन छैन ।

जबसम्म सरकारको प्राथमिकतामा उत्पादनमा विशेष जोड दिने कुरा पर्दैन तबसम्म हाम्रो व्यापार घाटा यसरी नै चुलिँदै जान्छ । त्यतिबेला, हाम्रो अर्थतन्त्र जोखिमको यस्तो चक्रब्युहमा पर्छ, जहाँबाट उम्किन नेपालले पनि अभिमन्युकै नियति भोग्नुपर्नेछ ।

विदेशबाट नेपालमा सुपारी आयात गरेर भारतमा महँगो दाममा त्यसको तस्करी गरेर व्यापार घाटा कम गर्ने हाम्रो ‘उपाय’ ले व्यापार घाटा कम हुँदैन । आडैको छिमेकी चीनले नेपाललाई आठ हजार वस्तुको भन्साररहित प्रवेशको अनुमति दिँदा पनि त्यसको कुनै लाभ उठाउन नचाहेको नेपालले अबका दिनमा व्यापार घाटाको ग्राफ झनै बढ्दै जाँदा रुँदै हिँड्नुले कुनै समाधान दिनेछैन ।

कृषिप्रधान मुलुक नेपालमा कुल आयातमध्ये एकतिहाइ भाग कृषि उत्पादनको छ । हाम्रो राजनीतिक नेतृत्वले कृषि उत्पादन बढाउन मनैदेखि चाहने हो भने पनि हाम्रो अर्थतन्त्रले राहतको स्वास फेर्न सक्थ्यो । कृषि उत्पादनको जतिसुकै गफ दिए पनि हामी ‘अल्छे तिघ्रो स्वादे जिब्रो’ को नमुना भइसकेका छौँ ।

अझ हाम्रो जीवनशैलीलाई उन्नत बनाउँछौँ भनेर आफूलाई जनताको भाग्यविधाता बताउने राजनीतिक नेतृत्वलाई बिरामी हाम्रो अर्थतन्त्रलाई बेलैमा उपचार गराउनुपर्छ भन्ने चेतसमेत छैन ।

ठूलो परिमाणमा विदेशी मुद्रा खर्चिएर आयातमा बढी जोड दिँदाको परिणाम आज हाम्रो सामु छ, विदेशी मुद्रा सञ्चिति घट्दै छ, शोधनान्तर घाटा बढ्दै छ । यसले नेपाली अर्थतन्त्र जोखिममा पर्नु स्वभाविक हो । सार्वजनिक बिदा बढाउने, सवारी साधनमा जोरबिजोर लगाउनु नै दीर्घकालीन समाधान होइन ।

नेपालले नीतिगत सुधार र प्रोत्साहनका साथ उत्पादनमा जोड दिने हो भने हामीले नै उत्पादन गर्न सक्ने वस्तुहरू आयात गर्न आवश्यक नै पर्दैन । यसले नेपालमा उद्योग खुल्दै जानेछन् र रोजगारी पनि सिर्जना हुने परिस्थिति बन्छ । हाम्रा दैनिक उपभोगका अत्यावश्यक वस्तुहरू स्वदेशमै उत्पादन गर्न नसकिने पनि होइन । तर, किन किन हाम्रो सरकार निर्यात व्यापारलाई नै बढावा दिइरहेको छ ।

हाम्रो ‘भाग्य बदल्छु’ भन्ने अनि समृद्ध नेपाल र सुखी नेपालीको खोक्रो नारा दिनेहरूले बुझून् कि जबसम्म आयात प्रतिस्थापन गरेर सम्भव भएसम्म स्वदेशमै उत्पादन गर्ने जाँगर हामीले चलाउँदैनौँ तबसम्म हाम्रो अर्थतन्त्रमाथि पटक–पटक भुइँचालो गई नै रहन्छ ।

यही कारण, ‘आम नेपालीको उन्नत जीवनशैली’ को वकालत गर्दै आएको मेरोलाइफस्टाइलले विदेशबाट आयात भइरहेका अधिकांश वस्तुहरू नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने कुराको पैरवी गर्दै आइरहेको छ ।

मेरोलाइफस्टाइल डटकमले पुसदेखि निरन्तररूपमा स्वदेशी उत्पादनका लागि सरोकार पक्षलाई झकझकाउँदै आइरहेको छ, झकझकाइरहने छ । मुलुकको समस्यामा सरकारलाई कानमा तेल हालेर बस्ने छुट छैन । हेक्का रहोस्, यस्तो सरकारलाई संसारभरि जहाँ गए पनि ‘नालायक’ नै भनिन्छ ।

यो पनि…
युक्रेनको बाछिटा नेपाली बजारमा
नेपाल भित्रियो २८ अर्बको सुन
व्यवसायीको स्वार्थले उपभोक्ता जहिल्यै मारमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested