English

व्यवसायीको स्वार्थले उपभोक्ता जहिल्यै मारमा



गत शुक्रबारबाट पेट्रोलको अभाव भयो । पेट्रोल र ग्यासको अभाव हुने हल्लाले डिपोहरूमा शुक्रबार बिहानैबाट उपभोक्ताहरूको घुइँचो देखियो ।

शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धनलगायत सबै प्रकारका पेट्रोलियम पदार्थ डिपोबाट उठेनन् । कारण थियो पेट्रोलियम व्यवसायीहरूको माग, ढुवानी भाडा र डिलर कमिसन बढाउने ।

पछिल्लो समय पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी भाडा नबढेकाले नयाँ भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग थियो । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय संघले माग पूरा नभएसम्म ढुवानी ठप्प गरेको थियो ।

पछिल्लो समय इन्डियल आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य बढेर आएकोले आयल निगमलाई घाटा हुने भन्दै निगमले बिक्रेतालाई दिने कमिसन रोकेको थियो ।

शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित बनेका व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । आइतबार बिहान ८ बजेदेखि सम्पूर्ण डिपो सञ्चालनमा आउने सहमति भयो । तर, सञ्चालन आउन सकेनन् ।

पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी सात दिनभित्र उचित निष्कर्ष निकाल्ने छौँ, पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा गरिने सहमति भएको छ ।

व्यवसायीले ढुवानी रोकेपछि शनिबार ४ बुँदे सहमति गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ‘पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी सात दिनभित्र उचित निष्कर्ष निकाल्ने छौँ,’ उनले भने, ‘पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा गरिने सहमति भएको छ ।’

हिजो मात्रै आयल निगमसँगको वार्तामा पेट्रोलियम व्यवसायीहरूले डिपोबाट तेल उठाउने र आजबाट बिक्री वितरण गर्ने सहमति गरेका थिए । तर, ट्याङ्कर चालक संघले सरकारले तोकेअनुसार चालक र सहचाललाई तलब उपलब्ध गराउनुपर्ने, रिङरोडभित्र ट्याङ्कर छिर्न दिनुपर्ने लगायतका मागले ढुवानी अवरोध गरिएको संघका अध्यक्ष ईश्वर लामा बताउँछन् । ‘हाम्रो माग पूरा गर्न केही समय माग्नु भएकोले हाललाई सहमति भएको छ, ढुवानी सञ्चालन भइसकेको छ ।’ उनले भने ।

निगमका प्रवक्ता उपाध्यायका अनुसार साँझसम्म पेट्रोलियम पदार्थका उभोक्ताहरूलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन उपत्यकामा १६ लाख लिटर पेट्रोल ढुवानी हुँदैछ ।

व्यवसायीहरू तेल उठाउन सहमति भए पनि आइतबार ट्याङ्कर चालकले मागहरू अगाडि सार्दै ढुवानी अवरोध गरेपछि डिपोबाट पम्पहरूमा तेल आउन सकेको छैन । थानकोट डिपो क्षेत्रमा चालकहरूसँग वार्ता भइसकेको उपाध्यायले बताए । ‘चालकहरूले केही माग राख्नुभएको थियो, थानकोट डिपोमा गएर वार्ता गरिसकेका छौँ,’ उनले भने ‘डिपोबाट ढुवानीका लागि ट्याङ्कर सञ्चालन भइसकेको छ ।’

रुस–युक्रेन युद्धको प्रभावले इन्धनको मूल्य बढेको बढ्यै छ । एकातिर उपभोक्ता हालसम्मकै उच्च मूल्य तिरेर इन्धन उपभोग गर्न बाध्य छन् । भने अर्काेतर्फ कमिसनको कुरा नमिल्दा आमनागरिक झनै समस्यामा परेका छन् ।

फोटो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
आजदेखि खुले पेट्रोलियम पदार्थका डिपो
पेट्रोलियम व्यवसायीले गरे आन्दोलन स्थगन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,