English

व्यवसायीको स्वार्थले उपभोक्ता जहिल्यै मारमा



गत शुक्रबारबाट पेट्रोलको अभाव भयो । पेट्रोल र ग्यासको अभाव हुने हल्लाले डिपोहरूमा शुक्रबार बिहानैबाट उपभोक्ताहरूको घुइँचो देखियो ।

शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धनलगायत सबै प्रकारका पेट्रोलियम पदार्थ डिपोबाट उठेनन् । कारण थियो पेट्रोलियम व्यवसायीहरूको माग, ढुवानी भाडा र डिलर कमिसन बढाउने ।

पछिल्लो समय पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी भाडा नबढेकाले नयाँ भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग थियो । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय संघले माग पूरा नभएसम्म ढुवानी ठप्प गरेको थियो ।

पछिल्लो समय इन्डियल आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य बढेर आएकोले आयल निगमलाई घाटा हुने भन्दै निगमले बिक्रेतालाई दिने कमिसन रोकेको थियो ।

शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित बनेका व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । आइतबार बिहान ८ बजेदेखि सम्पूर्ण डिपो सञ्चालनमा आउने सहमति भयो । तर, सञ्चालन आउन सकेनन् ।

पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी सात दिनभित्र उचित निष्कर्ष निकाल्ने छौँ, पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा गरिने सहमति भएको छ ।

व्यवसायीले ढुवानी रोकेपछि शनिबार ४ बुँदे सहमति गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ‘पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी सात दिनभित्र उचित निष्कर्ष निकाल्ने छौँ,’ उनले भने, ‘पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा गरिने सहमति भएको छ ।’

हिजो मात्रै आयल निगमसँगको वार्तामा पेट्रोलियम व्यवसायीहरूले डिपोबाट तेल उठाउने र आजबाट बिक्री वितरण गर्ने सहमति गरेका थिए । तर, ट्याङ्कर चालक संघले सरकारले तोकेअनुसार चालक र सहचाललाई तलब उपलब्ध गराउनुपर्ने, रिङरोडभित्र ट्याङ्कर छिर्न दिनुपर्ने लगायतका मागले ढुवानी अवरोध गरिएको संघका अध्यक्ष ईश्वर लामा बताउँछन् । ‘हाम्रो माग पूरा गर्न केही समय माग्नु भएकोले हाललाई सहमति भएको छ, ढुवानी सञ्चालन भइसकेको छ ।’ उनले भने ।

निगमका प्रवक्ता उपाध्यायका अनुसार साँझसम्म पेट्रोलियम पदार्थका उभोक्ताहरूलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन उपत्यकामा १६ लाख लिटर पेट्रोल ढुवानी हुँदैछ ।

व्यवसायीहरू तेल उठाउन सहमति भए पनि आइतबार ट्याङ्कर चालकले मागहरू अगाडि सार्दै ढुवानी अवरोध गरेपछि डिपोबाट पम्पहरूमा तेल आउन सकेको छैन । थानकोट डिपो क्षेत्रमा चालकहरूसँग वार्ता भइसकेको उपाध्यायले बताए । ‘चालकहरूले केही माग राख्नुभएको थियो, थानकोट डिपोमा गएर वार्ता गरिसकेका छौँ,’ उनले भने ‘डिपोबाट ढुवानीका लागि ट्याङ्कर सञ्चालन भइसकेको छ ।’

रुस–युक्रेन युद्धको प्रभावले इन्धनको मूल्य बढेको बढ्यै छ । एकातिर उपभोक्ता हालसम्मकै उच्च मूल्य तिरेर इन्धन उपभोग गर्न बाध्य छन् । भने अर्काेतर्फ कमिसनको कुरा नमिल्दा आमनागरिक झनै समस्यामा परेका छन् ।

फोटो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
आजदेखि खुले पेट्रोलियम पदार्थका डिपो
पेट्रोलियम व्यवसायीले गरे आन्दोलन स्थगन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested