English

पेट्रोलियम व्यवसायीले गरे आन्दोलन स्थगन



पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । गत चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका व्यवसायीले नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमति गर्दै आन्दोलन स्थगन गरेका हुन् ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायको भनाइमा पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति भयो । समहतिसँगै विरोधका कार्यक्रम आजकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भयो ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।

यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए ।

सहमति पत्र

यो पनि…
कमिसन कटौतीपछि पेट्रोल पम्पहरूमा नाकाबन्दी
तरकारीमा परनिर्भरता चुलिँदै [तथ्यांकसहित]



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौँ : के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ

नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ। अन्तर्राष्ट्रिय स्तरमा आफूलाई

Latest










Popular
Suggested