English

नेपाल भित्रियो २८ अर्बको सुन



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा ४ हजार ४४.५ किलोग्राम सुन भित्रिएछ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त परिमाणको सुन नेपाल भित्रिएको हो ।

उक्त सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट मात्र सुन भित्रिएको छ । सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।

गत वर्ष १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको सुन आयात भएको थियो । तर यो आर्थिक वर्षको आठ महिनामै वर्ष १२ अर्ब बढी सुन आयात भएको छ । आयात भएका सुन प्रदेश र जिल्लाका व्यापारी मार्फत गरगहना बनाउनलाई खपत हुने महासंघका अध्यक्ष माणिक रत्न शाक्य बताउँछन् । ‘आयात भएको सुनको खपत पारदर्शी छ, गर–गहना बनाउनका कै लागि प्रयोग गरिएको छ,’ उनले भने ।

माणिक रत्न शाक्य
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

आयात भएको सुनको खपत पारदर्शी छ, गर–गहना बनाउनका कै लागि प्रयोग गरिएको छ ।


कोरोना महामारीका समयमा व्यपारव्यवसाय ठप्प नै रह्यो । यही असर–साउनबाट बजार चलायमान भयो । करिब दुई वर्षदेखि ठप्प रहेको बजार खुल्दा सुनको माग बढ्यो र सोही अनुसार आयात पनि बढेको शाक्यको भनाई छ । ‘बजार खुल्दा माग बढी थियो दैनिक २० किलो सुन आयात हुन्थ्यो, हाल विश्व बजार महँगो भएकाले १० केजी दैनिक सुन आयात गरिएको छ ।’

सुन महँगो भएकाले रुपैयाँ बढी देखिए पनि सुन खपत अन्य वर्ष जतिकै रहेको महासंघका पूर्व अध्यक्ष एवं महासंघ अन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्य बताउँछन् । ‘कोरोनाकालमा सुनको कारोबार हुन सकेन त्यस कारण गत वर्ष सुनको आयात कम भयो, यो वर्ष सुनको कारोबार भइरहेको छ,’ उनले भने, ‘ विश्व बजारमा महँगी भएकाले सुनको रुपैयाँ बढी देखिएको हो, खपत भने त्यति नै छ ।’

वर्षमा १२ हजार केजी सुन नेपालमा खपत हुन्छ, तर हालको समयमा वार्षिक ७ हजार ५ सय केजी सुन आयात भएको छ, अफ सिजनमा यति मात्रामा सुन आयात गर्दा पुग्छ तर वैशाखमा खपत बढ्छ र अपुग हुन सक्छ ।

तेजरत्न शाक्य
संयोजक, सुनचाँदी मूल्य निर्धारण समिति

नेपालमा दैनिक २० केजी सुन आयात हुने सरकारी नीति छ । तर हाल बैंकिङ क्षेत्रमा तरलता बढेकाले दैनिक १० केजी मात्रै सुन आयात गरिएको उनले जनाए । ‘वर्षमा १२ हजार केजी सुन नेपालमा खपत हुन्छ, तर हालको समयमा वार्षिक ७ हजार ५ सय केजी सुन आयात भएको छ,’ उनले भने, ‘अफ सिजनमा यति मात्रामा सुन आयात गर्दा पुग्छ तर वैशाखमा खपत बढ्छ र अपुग हुन सक्छ ।’

महाभूकम्पपछि सुनको कारोबारमा उतारचढाव भएको छ । दिनदिनै विश्व बजार महँगो भइरहेकाले सुन कारोबारमा प्रभाव देखिएको छ । ‘नेपालमा भूकम्प अघि दैनिक ३५ देखि ४० केजी सुन खपत हुन्थ्यो, सोही मात्रमा माग बढ्यो भने सुनको हाहाकार हुन्छ,’ उनले भने, ‘सरकारले अबका दिनमा सुन आयात नीति परिमार्जन गरी आयात बढाउनुपर्छ, नबढाए सुनको चोरी तस्करी जस्ता अनैतिक क्रियाकलाप बढ्छ ।’

नारायण प्रसाद पोखरेल
प्रवक्ता, नेपाल राष्ट्र बैंक

गत वर्षको परिमाणमै सुन आयात भएको छ, तर मूल्य बढी पर्ने भएकाले आयात रकम बढी देखिएको हो, अन्तर्राष्ट्रिय बजारमा सुन होल्ड गरिएकाले सुन महँगिएको छ, यस्तो परिस्थितमा सुन खरिद गर्दा रकम बढी देखिएकोमात्र हो ।

आयात गरिएको सुन आन्तरिक बजारमा नै खपत हुने नेपाल नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोखरेल बताउँछन् । ‘गत वर्षको परिमाणमै सुन आयात भएको छ, तर मूल्य बढी पर्ने भएकाले आयात रकम बढी देखिएको हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुन होल्ड गरिएकाले सुन महँगिएको छ, यस्तो परिस्थितमा सुन खरिद गर्दा रकम बढी देखिएकोमात्र हो ।’

सुन होस वा खाद्य वस्तु दिनप्रतिदिन आयात बढी नै रहेको छ । यसरी आयात बढ्दै जाने हो र वैकल्पिक उपाय नखोज्ने हो भने आर्थिक संकट भोग्न हामी नेपाली अभिसप्त हुने छौं ।
यो पनि…
युक्रेनको बाछिटा नेपाली बजारमा
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested