English

बुचा शहरमा भएको मृत्युबारे रूसको यस्तो प्रतिक्रिया



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी शहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन् । ‘यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने ।

रूसी सेना फिर्ता भएपछि आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा शहरमा सार्वजनिक भएका छन् । कुनै पनि युक्रेनी नागरिकले रूसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रूसी रक्षा मन्त्रालयले दाबी गरेको छ । सी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रूस विरोधी उत्तेजना भनेका छन् ।

तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युद्ध अपराध गरेको बताउँदै आएका छन् । हत्यालाई ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन् । महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन् । रूसले युद्ध अपराध गरेको छ ।’

बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन् । तर रूसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ । बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएका थिए । शवको टाउकोमा गोली लागेको थियो ।


यो पनि..
हमला प्रभाव : बालबालिकाको शरीरमा पारिवारिक विवरण

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested