English

रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार



रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ ।

मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् ।

हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ । मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए ।

यो पनि
अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
युक्रेनमा रसियाले हमला गरे रुसी ग्यास पाइप लाइन अवरुद्ध हुन्छ- अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested