English

अन्नबाली सुरक्षामा भालुः भालुले लिन्छ दैनिक पाँच सय ज्याला



जङ्गली जनावर र बाँदरहरूले बारम्बार खेतमा उब्जिएको अन्न बालीलाई नष्ट गर्छन् । जसका कारण कृषकहरू निकै त्रसित छन् । यो समस्याबाट छुटकारा पाउन तेलंगानाका एक किसानले निकै सानदार विधि अपनाएका छन् । अहिले यी किसानको आफ्नो खेतमा ‘भालु’ ले सुरक्षा दिन्छ ।

भालुले दिन्छ बालीमा सुरक्षा

तेलंगानाको सिद्धिपेट जिल्लाका किसानहरू बाँदर र जङ्गली सुँगुरको आतंकबाट निकै निराश छन् । यस जिल्लाका किसानको बाली जंगली बँदेल र बाँदरका कारण नष्ट हुँदै आएको थियो । जसका कारण दिनभर खेतमा बसेर पशुपंछीलाई भगाउन सहज नभएकाले किसानलाई सास्ती भएको छ ।

यसबाट छुटकारा पाउन भास्कर रेड्डी नामका किसानले यस्तो अचम्मको उपाय निकालेका हुन् । भास्कर रेड्डीले आफ्नो अन्न बाली जोगाउन भालु राखेका छन् । यति मात्र होइन, किसानले यो ‘भालु’ लाई दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पनि दिन्छन् । अहिले उनको खेतको वरिपरि बाँदर र बँदेलहरू आउँदैनन् र किसान शान्तिपूर्वक सुत्छन् ।

यो भालु दिनभर किसानको खेतबारीमा आफ्नो बालीनालीको हेरचाह गर्छ । टाढाबाट भालु देखेपछि बाँदर र बँदेल यसै भाग्छन् । वास्तवमा किसानले भालुको पोसाक लगाएर खेतको रक्षा गर्ने व्यक्तिलाई काममा राखेका हुन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested