English

जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक



नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए ।

लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा सारथीको भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो ।

टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु १९ कपमा नेपाल उपविजेता बन्दै यु १९ एसिया कप र यु १९ विश्वकपमा छनोटमा पुग्न सफल भएको थियो । त्यही वर्ष उनले आईसीसी विश्वकप छनोटमा दोश्रो स्थान दिलाउँदै नेपाललाई यु १९ विश्वकपमा पुर्‍याएका थिए ।

२०१२ मा नेपालले यु १९ विश्वकप खेल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए । टमाटाकै प्रशिक्षणमा सन् २०१५ को यु १९ विश्वकप छनोटमा नेपाल विजेता बन्दै बंगलादेशमा भएको २०१६ यु १९ विश्वकपमा छनोट भएको थियो । युवा विश्वकपको त्यो संस्करणमा नेपाल पहिलो पटक क्वाटरफाइनल पुगेको थियो ।

उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । जिम्बाब्वेमा आयोजित विश्वकप २०१८ छनोटमा नेपाल आठौं स्थान हासिल गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको लायक बन्दा टमाटा नै प्रशिक्षक थिए ।

दुई पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट प्रशिक्षक सम्मान जितिसकेका टमाटा पूरा दशकभरि नेपाली खेलकुदलाई सफलताको बाटोमा डोर्‍याएवापत मंगलबार दशकको उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित भए । सम्मानसँगै टमाटाले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

यो पनि
क्रिकेट : अफ्रिकी भूमिमा बंगलादेशको ऐतिहासिक जित
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested