English

श्रीलंका नेभीलाई नेपालले दियाे २१५ रनको लक्ष्य



अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एकदिवसीय अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा पूरा विकेट गुमाउँदै २१४ रन जोडेको हो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले दुई रन मात्र जोडे ।

श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार तथा अवादतले तीन विकेट हात पारे ।

नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै यूएई जाने तालिका छ ।

यो पनि…
बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested