English

रूस–युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना



रूस–युक्रेन द्वन्द्व सुरु भएको आज २१औं दिन पुगेको छ । द्वन्द्वका कारण युक्रेन नराम्रोसँग प्रभावित भएको छ । युक्रेनीहरू सुरक्षित स्थान खोज्दै छिमेकी मुलुकहरू प्रवेश गरेका छन् ।

अहिलेसम्म द्वन्द्व रोक्ने कुनै प्रयास भइरहेको छैन । तेस्रो पटकसम्मको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको छ । रूसविरुद्ध लड्न युक्रेनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ भने रूस एक्लै लड्ने बताइरहेको छ । दुई देशबीचको द्वन्द्व यतिखेर के भइरहेको छ ? बीबीसीका अनुसार यी हुन् पछिल्ला घटना :

–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमण अन्त्यका लागि रूसविरुद्ध थप प्रतिबन्धहरू लगाउन अमेरिकासँग माग गरेका छन् ।

–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई भिडिओमार्फत् ऐतिहासिक सम्बोधन गरेका छन् ।

–रूसले आक्रमण सुरु गरेयता पहिलोपटक सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारलाई निशाना बनाएको युक्रेनी सुरक्षा अधिकारीहरूले बताएका छन् ।

–रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनसँगको शान्ति वार्ता सहज नभए पनि आफूलाई सम्झौताको आशा भएको बताएका छन् ।

–युक्रेनका राष्ट्रपति जेलेन्सकीले रूससँगको शान्ति वार्ता ‘थप यथार्थपरक सुनिन’ थालेको बताएका छन् ।

–रूसी फौजले मरिऊपोलमा एक अस्पताल नियन्त्रणमा लिएका छन् जहाँ ४०० बिरामी अनि चिकित्सकीय कर्मचारी फसेका छन् ।

–रूसी फौजको आक्रमण जारी रहेकै बेला कीएभसम्म यात्रा गरेका पोल्यान्ड, चेक गणतन्त्र अनि स्लोभेनियाका प्रधानमन्त्रीहरूलाई युक्रेनका राष्ट्रपति जेलेन्सकीले धन्यवाद ज्ञापन गरेका छन् ।

–रूसी सेनाको घेराबन्दीमा परेका झन्डै ३० हजार सर्वसाधारण मंगलबार मरिऊपोल अन्यत्र जान सफल भएको युक्रेनका अधिकारीहरूले बताएका छन् ।

–अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् ।

‘सबै अमेरिकी कम्पनीहरूले रूसी बजार छोड्नुपर्छ’

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् । रूसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ ।

सहयोग र सहायताको प्रावधानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘व्यक्तिगत संलग्नता’ प्रति राष्ट्रपति जेलेन्स्की ऋणी भएको बताए ।

‘रूसी सैन्य मेसिन नरोकिने बेलासम्म’ अझै बढी गर्न र थप प्रतिबन्धहरू जारी गर्न उनले अमेरिकी संसदलाई आह्वान गरे । रूसी संघका सबै राजनीतिज्ञलाई प्रतिबन्ध लगाउन उनले अमेरिकालाई सुझाव दिएका छन् । ‘सबै अमेरिकी कम्पनीहरूले तुरुन्तै रूसी बजार छोड्नुपर्छ किनभने यो हाम्रो रगतले भरिएको छ,’ उनले थपे ।

रूससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत् सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो ।

अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ ।

रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ । यसलाई युक्रेनको सेनामा मिसाउन सहज हुने विश्वास गरिएको छ ।

यो पनि..
शान्तिको नेतृत्व गर्न बाइडेनलाई जेलेन्सकीको ‘विशेष’ अनुरोध
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार
अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
युरोपेली परिषद् त्याग्ने मस्कोको घोषणा
रूसले मद्दत मागेको छैन : चीन
रूसबारे नेटो के भन्छ ?
द्वन्द्वको असर : रूसमा महंगी बढ्यो
युद्धको असर : युक्रेन र रूसमा महासङ्कट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested