English

शान्तिको नेतृत्व गर्न बाइडेनलाई जेलेन्सकीको ‘विशेष’ अनुरोध



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शान्तिको नेतृत्व गर्न ‘विशेष’ अनुरोध गरेका छन् । अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडेनलाई विश्वको र शान्तिको नेता बन्न आग्रह गरे ।

‘राष्ट्रपति बाइडेन, तपाईँ आफ्नो देशको नेता हो । म तपाईँ विश्वको नेता हुनुहोस् भन्ने कामना गर्छु । विश्वको नेता हुनु भनेको शान्तिको पनि नेता हुनु हो,’ उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने ।

बीबीसीका अनुसार भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्सकीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके ‘जीवनको अर्थ नदेखेको’ बताएका थिए ।

अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने, ‘त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ ।’ उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए ।

यो पनि…
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग



सम्बन्धित खबरहरु

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested