English

द्वन्द्वको असर : रूसमा महंगी बढ्यो



युक्रेनमाथि रूसले हमला गरेसँगै सर्वसाधारण युक्रेनीको जीवन त कष्टकर नै बनेको छ तर युद्धको असरमा रूसमा पनि गहिरो देखिएको छ । युक्रेनको युद्धको विरोधमा एउटा रूसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् ।

युक्रेनमा रूसी हमलापछि पश्चिमा देशहरूले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रूस निर्यात हुने सामाग्रीहरूमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी सर्वसाधारण रूसी परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रूसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरूले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् ।

रूसमाथि पश्चिमा देशहरूले वित्तिय दण्ड दिएका छन् । अन्तर्राष्ट्रिय कम्पनीले त्यहाँको सञ्चालन स्थगित गर्दा रुसीहरूको दैनिकीमा असर परेको छ । जीवनयापनको खर्च बढिरहेको छ । रोजगारी गुम्ने जोखिम बढ्दो छ । धेरै वित्तीय संस्थाहरू रूसबाट अलग भएका छन् ।

पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ । उपभोत्ता मूल्य २ दशमलब २ प्रतिशतले बढेको छ । मस्को र अन्य शहरका पसलहरूले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ ।

२४ फेब्रुवरीदेखि सुरु भएको रूसी हमलापछि रूसी मुद्रा रूबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुवरीसम्म ५ हजार ५०० रूबलमा अर्डर गरेको किराना सामानको मूल्य ८ हजार रूबल रहेको इयूका बासिन्दा जानले बताएका छन् । त्यस्तै चिनीको मूल्य २० प्रतिशत बढेको छ ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला घटना

रूसले मद्दत मागेको छैन : चीन
रूसबारे नेटो के भन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested