English

आशा जगाउँदै सुनकोसीको फोक्सिङटार पुल



खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणले गति लिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणले गति लिएसँगै खोटाङ र उदयपुरका बासिन्दामा अब चाही पुल बन्छ की भन्ने आशा जगाएको छ ।

सम्झौताअनुसार यो पुल २०७५ सालमै बनिसक्नु पर्ने हो । अहिले बल्ल पुलको ‘आर्क’को ट्रस राखेर आरसीसी ढलान सुरु गरिएको छ । २० फागुनबाट पुलको ‘आर्क’ ढलान सुरु गरेको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए । चैतभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुनेछ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण तीनपटक म्याद थप हुँदा पनि पुल पूरा हुन सकेको छैन । ‘आर्क’ पुलको खोटाङ र उदयपुरतर्फ दुई/दुई कोलम ढलान गरिसकिएको साइट इन्चार्ज मगरले बताए । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अब वर्षामा समेत पुल निर्माण नरोकिने निर्माण व्यवसायीको भनाइ छ ।

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)अन्तर्गत फोक्सिङटारमा १२० मिटर लम्बाई हुने पक्की पुल बनाउन सुरु गरिएको हो । फोक्सिङटारमा आर्क ब्रिज निर्माण सकिएपछि खोटाङलाई पर्वी शहर जोड्ने छोटो दुरीको गाइघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउनेछ । पुलको तेश्रोपल्ट थप भएको म्याद आगामी चैतमा सकिँदैछ । तर बाँकी समयभित्र पुल निर्माण सम्पन्न हुने छाँट छैन । फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएससहित) मा पूरा गर्ने गरी ठेक्का लागेको हो ।

फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा परिरहेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने क्रममा राज्यको करोडौं खर्च भइसकेको छ । फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।

पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा कठिनाई भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक विरोध गर्दैआएका छन् ।

यो पनि…
छोरीलाई सम्पत्ति दिनेलाई सम्मान
फूल नफुल्ने फूलबारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested