English

छोरीलाई सम्पत्ति दिनेलाई सम्मान



हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको छ । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छोरीलाई पनि छोरा समान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।

पालिकाले गाउँपालिका भित्रका छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन । उनले भनिन् , ‘नेपाल सरकारको छोरा हुन वा छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान गरिएको हो ।’

उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नुपर्छ । ‘सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व हो’ उपाध्यक्ष रोकायाले भनिन् । छोरी जन्मिदै विभेदका शिकार बनेका छन् ।

छोरीमाथि गरिने यस्ता खालका विभेदको अन्त्य गर्नका लागि नारी दिवसको अवसरमा छोरीलाई सम्पती दिने र छुई हुँदा गोठमा नराख्ने परिवारलाई सम्मान गरिएको हो । रोकायाले भनिन्, ‘सम्मान पाउनेमा जिरु रोकाया, खम्मा शाही, देबु सुनार , मुगा शाही, डुगल शाही, आनन्द शाही रहेका छन । यस्ता उदाहरणीय काम गर्ने १९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै हिमागाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले भनिन्, ‘हाम्रो समाजमा छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने गरेको तितो यथार्थ छ । उनले भनिन्, ‘यो विभेदकारी संस्कारले पुरुषलाई हौसला दिएपनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन, पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई मानसिक यातना दिएको छ ।’

छोरीले अंश पाउने कानुन कार्यान्वयन छैन

उपाध्यक्ष रोकायाले भनिन्, ‘छोरा सरह छोरीले अंश पाउने कानुनमा उल्लेख भएपनि गाउँघरमा मान्यता पाएको छैन । काजक्रिया गर्न,अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकांश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलु हिंसाका शिकार बनेका छन् ।

छोरा हुदा हुँदै पनि छोरीलाई सम्पती दिने अभिभावकलाई सामाजिक हिसाब छोरा छोरी बराबर हो भन्ने चेतना फैलाउन र पैत्रिक सम्पतिमा छोरीको अधिकार स्थापित गराउनकै लागि छोरीलाई सम्पती दिनेलाई सम्मान गर्ने कार्यक्रम गरिएको हो । हाम्रो समाजमा रहेको अलिखित कानुन जसले गर्दा छोरी घरपरिवार बाटै हिंसामा परेका छन् ।’

अंश खाने काजक्रिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा जुम्लाका धेरै महिलाको प्रजनन स्वाथ्य समस्या देखिएको जनस्वाथ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए । उनले भने, ‘छोराका कारण एक दर्जन छोरी जन्माउने गरेको पाइन्छ । जसले गर्दा आर्थिक र शारीरिक अवस्था कमजोर हुन्छ । महिला बिरामी पर्छन् र अकालमै मृत्यु हुने गरेको छ ।’

गाउँमा अझै पनि छोरीमाथि गरिने विभेद र हिंसा न्यूनिकरण हुन सकेको छैन । विभेदकै कारण यहाँका छोरीहरूले सुविधा, अवसर, सहभागिता र पोषणबाट बञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाहरुको संख्या अत्याधिक छ ।‘ छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाई ग्रामिण क्षेत्रमा छ । सोचाइले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।

त्यस्तै यस्ता कुरीति हटाउन हिमा गाउँपालिकाले जनचेतनामूलक अभियानमार्फत छोरीलाई प्रोत्साहन गर्नकै लागि यो कार्यक्रम ल्याएकोमा स्थानीय जिरु रोकायाले खुसी ब्यक्त गरिन् । उनले भनिन, ‘विभेद न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन गर्न आवश्यक छ ।’

छोरीमाथि अभिभावक, परिवार तथा समाजबाट हुने भेदभावको पूर्ण अन्त्यका लागि नै यस्ता अभियान र नाराको सार्थकता छ । तर, संविधान तथा कानूनमा व्यवस्था भएका कारण अथवा सरकारहरूले घोषणा गरेका भरमा नै छोरीमाथिको विभेदको अन्त्य सम्भव छैन भन्ने कटु यथार्थ हो । जन्मँदै विभेद सुरु हुने छोरीहरुको मानव अधिकारको प्रत्याभूति भएको छैन । विभेद विरुद्ध भएका कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भिर बन्नु पर्ने जरुरी देखिन्छ ।

यो पनि
दुनाटपरीबाट आत्मनिर्भर बन्दै महिला
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested