दुनाटपरीबाट आत्मनिर्भर बन्दै महिला



मध्यनेपाल नगरपालिकाका महिलाले परम्परागत दुनाटपरीको व्यवसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशिनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरु भएको हो ।

मध्यनेपाल-९ बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाले आधुनिक मेशिनबाट दुनाटपरी बनाउन थालेका हुन् । नगरपालिकाले दुनाटपरी बनाउने मेशिनसमेत खरिद गरिदिएपछि समूहमा आबद्ध महिलाले शनिबारदेखि औचारिक रूपमा व्यवसायिक दुनाटपरी उत्पादन थालेका हुन् ।

ग्रामिण भेगमा रहेका महिलालाई व्यवसायिक र आत्मनिर्भर बनाउने उदेश्यसहित नगरपालिकाले तालिम र मेशिन खरिद गरी सहयोग गरेको हो । प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोगले पातको दुनाटपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सीपलाई उपयोग गरी स्थानीय महिलालाई व्यवसायिक बनाउन दुनाटपरी बनाउने तालिम दिएको नगरपालिका प्रमुम रमेशकुमार पाण्डेले बताए ।

मध्यनेपाल नगरपालिकाले यसअघि पनि वडा नम्बर ४ दुईपिप्लेअन्तर्गतका महिलालाई तालिम दिएको थियो । त्यहाँका महिलाले पनि यसअघिनै व्यवसायिक दुनाटपरी उत्पादन गर्दै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो

शनिबार वेल्सको ब्रेकनस्थित पेनी फेन हिल नेपालमय बन्यो । नेपाल, बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरूले हरियो पहाड पुरै राताम्य देखिएको

‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू आइतबार साँझ