English

‘कलेजमा केटी साथीसँग बोल्न लजाउँथेँ !’



झापास्थित विद्योदय शिशु सदन विद्यालयबाट २०६० मा एसएलसी (एसईई) दिएँ । उत्कृष्ट श्रेणीमा पास भएँ ।

नतिजा राम्रो भएकाले विज्ञान विषय पढ्ने चलन थियो । मैले पनि डाक्टर बन्ने निधो गरेँ । साइन्स विषय लिएर बानेश्वरस्थित कोलम्बस एकेडेमीमा प्लसटु भर्ना भएँ । ११ देखि ४ बजेसम्म कलेज लाग्थ्यो । कक्षा ११ मा नियमित कलेज गएँ । तर, कक्षा १२ मा जन्डिस लाग्यो । कलेज नियमित जान सकिनँ ।

यहाँ पढ्दा शैक्षिक भ्रमणका लागि गोदावरी गएका थियौँ । त्यहीबाट प्राक्टिकल पनि बनाउनु थियो । विभिन्न बोटविरुवाका साइन्टिफिक नाम संकलन गरेका थियौँ । सँगसँगै रमाइलो पनि गरियो ।

कलेज बंक गरिएन । प्राइभेट कलेज भएकाले बंक गर्दा घरमा फोन जान्थ्यो । साथीहरूसँग कहिले कही कलेज लाग्नु अगाडि वा बिदापछि फिल्म हेर्न, ड्राइफुडको पिकनिक गइन्थ्यो । त्यसो त कलेज पढ्दा अनुशासित विद्यार्थी नै थिएँ ।

खाजा कलेजको क्यान्टिनमै खाइन्थ्यो । त्यसपछि, बानेश्वरको चोकस्थित रहेको चार्ट र मिठाइ पसलमा साथीहरू बीच भेटघाट हुने, खाने रमाइलो गर्ने जक्सन नै थियो ।

कलेज पढ्दा लजालु स्वभावको थिएँ । जसकारण साथीहरू पनि सीमित छन् । जुन अहिले पनि सम्पर्कमा छन् । केटीसँग त बोल्न नै सक्दिनथिएँ । लभ अफेयरको कुरा के गर्नु ।

प्लस टुपछि डाक्टर पढ्नका लागि धेरै कोशिस गरेँ तर सफल हुन सकिनँ । कलाकारितातिर लागेँ । प्लस टुपछि डाइरेक्सन र स्क्रिप्टको अध्ययनका लागि युके गएँ । त्यहाँ करिब डेढ वर्ष बसेँ ।

फर्केर यताको औपचारिक पढाइलाई निरन्तरता दिएँ । मानविकी संकाय (ग्रामीण विकास र समाजशास्त्र) मा सिफलस्थित न्युटन इन्टरनेसनल कलेजमा स्नातक तह भर्ना भएँ । कलाकारिताका लागि संघर्ष गर्दै थिएँ । कलेज नियमित गर्न जना सकिनँ । आफैँ पढेर स्नातक तह पास गरेँ । कलाकारितामा भिजिसकेकाले औपचारिक पढाइलाई निरन्तरता दिन सकिनँ । अब आउँदो शैक्षिक सत्रमा स्नाकोत्तरमा भर्ना हुँदै छु ।

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested