English

तालिमले बनायो जुम्ली महिलालाई आत्मनिर्भर



जुम्लाको तातोपानी गाउँपालिका-६ का महिला हाते होजियारी तालिमबाट आत्मनिर्भर हुन थालेका छन् । सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सीप सिक्नमै व्यस्त हुन्छिन् ।

बिहान र बेलुकी स्वीटर, हाइनेकदेखि अन्य कपडा बुन्नमै समय बिताउने उनी अहिले महिला, पुरुष र बालबालिकाका लागि कपडा बुन्न सक्ने भएकी छिन् ।

गाउँमै गाउँपालिकाले छ महिने सीपमूलक तालिम दिएपछि अहिले काम गर्न सहज भएको तिलनदेवीेले बताइन् । सात कक्षा पढ्दा पढ्दै स्कुल छाडेकी हियाखोलाकै पार्वती कामीले पनि अशिक्षित महिलालाई होजियारीको सीप दिन थालेपछि अहिले विभिन्न कपडा बुन्न थालेकी छिन् ।

हाते होजियारी उद्योगले गर्दा यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्न थालेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए । अहिलेसम्म यहाँका बासिन्दाले सरकारी काम पाउन सकेका छैनन् । यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला नै हो ।

उनले भने, ‘अब रोजगारी सिर्जना गर्नका लागि गाउँमै हाते होजियारी उद्योग स्थापान गर्न लागिपरेको छु ।’ यो वडा कार्यालयले बेरोजगारीलाई रोजगारी दिनका लागि विभिन्न विकल्प अवलम्बन गरेको वडाध्यक्ष खड्काले बताए ।

यो पनि
कोरोना संक्रमणदर घटेसँगै बढ्यो धार्मिक पर्यटकको चहलपहल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested