English

एमसीसीबारे सत्तापक्षमा कित्ताकाट



सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार प्रधानन्यायाधीश जबरा र एमसीसीको विषयमा वार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्ने नगर्ने विषयमा पनि छलफल भएको छ ।

महाभियोग र एमसीसीले नेपाली राजनीतिमा उत्पन्न तरङ्गकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा एमसीसी र संसद् सुचारु गर्ने जस्ता राष्ट्रिय महत्त्वका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको थियो । तर, सत्तापक्षमै यी विषयमा फरक–फरक दृष्टिकोण आउँदा कित्ताकाटको जस्तै अवस्था उत्पन्न हुन पुग्यो ।

संसद् सुचारु गर्ने र नियमित काम कारबाही अघि बढाउने उद्देश्यले सभामुख सापकोटाले बोलाएको सोमबारको सर्वदलीय बैठकमा सत्तापक्षकै नेताहरू एमसीसीको विषयलाई लिएर कित्ताकाटको अवस्थामा पुगेका हुन् ।

एमसीसी जसरी पनि संसद्मा टेबल गर्नुपर्ने प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय सहमतिबिना अघि बढाउन नहुने अन्य नेताको अडानका कारण सर्वदलीय बैठकमा ठोस सहमति जुट्न नसकेको बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको भनाइ छ ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

Latest










Popular
Suggested