English

बालबालिकालाई दृष्टिविहीन हुनबाट कसरी बचाउने



आँखा एकदमै संवेदनशील अंग हो । केही वर्षयता ठूला व्यक्तिमा मात्र हैन बालबालिकाको आँखा पनि कमजोर हुने संख्या बढिरहेको छ । बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन् । आफ्ना बच्चाको आँखा ठीक छ कि छैन भनेर अभिभावकले ध्यान दिनु आवश्यक छ ।

दृष्टिदोष, डेढोपन, जन्मजात मोतिबिन्दु बालबालिकाको आँखामा हुने मुख्य समस्या हुन् । समयमै उपचार गरे यी रोग निको हुन्छन् । तर, समयमै अस्पताल नपुर्याइनाले बालबालिका अन्धोपनको शिकार हुन बाध्य छन् । त्यसैले, अभिभावकले बालबालिकाको आँखा कमजोर भएको छ कि भन्ने कुरा थाहा पाउन यी कुराहरूमा ध्यान दिनुपर्छ ।

बच्चाको आँखा कमजोर भएको थाहा पाउन यी कुरामा ध्यान दिनुहोस्ः

– खासगरी बच्चा जन्मेपछि दुई–तीन महिनापछि आमा हेरी मुस्कुराउने, उज्यालो पछ्याउने हुनुपर्छ । यदि, तीन महिनासम्मको बच्चालाई आवाज सुनेर मात्र हेर्छ, कि वस्तु हेरेर पछ्याउँछ वा पछ्याउँदैन भन्ने विचार गर्नुपर्छ ।
– आँखा हल्लिरहेको वा दुवै आँखाले सीधा अगाडि नहेरेमा अभिभावकले बच्चाको आँखा कमजोर रहेछ भनेर बुझ्नुपर्छ । यस्तो कुनै समस्या भएको लागेमा चिकित्सककहाँ जचाउँनुपर्छ ।
– बच्चा स्कुल जाने भएपछि उसले स्कुलमा राम्रोसँग पढ्न सक्दैन, गृहकार्य सार्न सक्दैन, घरमा टिभी हेर्दा नजिकै गएर हेर्छ भने पनि डाक्टरलाई देखाउनुपर्छ ।
– यदि, बच्चा समय नपुग्दै जन्मिएको छ र जन्मिँदा बच्चाको तौल १५ सय ग्रामभन्दा कम छ भने आँखामा समस्या देखिने प्रबल सम्भावना हुन्छ । बच्चालाई जन्मँदै हुने मोतिविन्दु तथा जलविन्दु पनि हुन सक्छ ।
– हाम्रो आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि, कालो भागमा सेतो सेतो भाग कालो रङ देखिएमा त्यो असाधारण आँखा हो । यीमध्ये कुनै पनि लक्षण देखिएको छ कि भन्ने विषयमा अभिभावकले ध्यान दिनुपर्छ र कुनै पनि लक्षण देखिएको खण्डमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।
– बच्चालाई स्कुल पठाउनुभन्दा अघि, ६ महिना वा एक वर्षमा नियमितरूपमा बच्चाको आँखा जाँच गराइरहनुपर्छ ।

यो पनि…
जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested