English

टिएमजेमा पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ



पूर्वी नेपालको तेह्रथुम,संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे)मा कोही सेल्फी लिँदै त कोही हिउँमा रमाइरहेको पाइन्छ । पर्दै गरेको हिउँमा सयौ पर्यटकहरू खेल्ने गरेका छन् ।

गुराँसको राजधानीको रूपमा परिचित टिएमजेका वनपाखा सेताम्यै भएर चाँदीझैं देखिएका छन् । पर्यटकहरूको आगमनले पर्यटन व्यावसायसमेत फस्टाएको छ । पूर्वी तराई तथा भारतको विभिन्न क्षेत्रबाट हिउँ खेल्नकै लागि सयौं आउने गरेका छन् ।

विशेष गरी यसक्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष अत्यधिक हिउँ परेका कारण यहाँको पर्यटन व्यावसाय फस्टाएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन व्यावसाय हिउँ पर्न थालेसँगै फस्टाएको पर्यटन व्यावसायीहरूले बताउने गरेका छन्।

पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटल व्यावसायी उत्साहित बनेका छन् । कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटल व्यावसायी श्री कार्कीले बताए ।

जमेको हिउँमा रमाइरहे पनि पर्दै हिउँमा रमाएको पाएको पहिलोपटक भएको तिमी कस्को ? चलचित्र सुटिङका लागि तिनजुरे पुगेका कलाकार अर्जुन थापाले बताए । उनी भन्छन्, ‘हिउँमा रमाउनु छुट्टै कुरा छ । तर,पर्दै गरेको हिउँमा रमाउनु पाउनु जो कोहीको भाग्यमा हुँदैन । जो मैले अनुभूति गर्न पाएँ ।’

पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटल व्यावसायी उत्साहित बनेका छन् । कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटल व्यावसायी श्री कार्कीले बताए । उनी भन्छन्, ‘हिउँ परेसँगै हाम्रो व्यावसाय फस्टाएको छ । यहँका आएका पर्यटकहरूलाई धान्न मुस्किल बन्दै आएको छ ।’

हिउँ परेको सुन्नेवित्तिकै पुर्बी तराईबाट पर्यटकहरू साना तथा ठूला सवारी साधन रिजर्भ गरेर आउने गरेका छन्। हिउँ परेसँगै जाडोले यहाँको जनजीवन भने कष्टकर बनेको छ ।

यो पनि
बैतडीमा लगातार हिमपात : प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह
हिउँ परेपछि घलेगाउँमा पर्यटकको ओइरो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested