हिउँ परेपछि घलेगाउँमा पर्यटकको ओइरो
लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो ।
वर्षाका कारण लमजुङका सबैजसाे अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेकाे छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुसी भएका छन् ।
हिमपातसँगै चिसो अत्यधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन् । तर, अहिलेकाे हिमपात र बालिनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् । सुख्खा जमिनमा हिमवर्षा हुँदा सिंचाइ पुग्नुका साथै जडीबुटीसमेत उम्रने स्थानीय गमल विकको भनाइ छ ।
घलेगाउँसँगै मर्स्याङदीको सिउरुङ, हर्सिङडाँडा, बेसीशहर नजिकैको वन क्षेत्र, दूधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पूरै सेताम्मे देखिएका छन् ।
यो पनि
बैतडीमा लगातार हिमपात : प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह
शनिबारबाट क्रमिकरूपमा मौसममा सुधार









yaaullet
大特価代引きビィトン 財布 ルイビトン 鞄 [url=https://lovewallet001.teamblog.jp/archives/16194606.html title=ルイ ビトン 財布 ビィトン 長 財布 レディース ルイビトン 財布 黒 長 財布 ビトン ルイビトン 折りたたみ 財布]ルイ ビトン 財布 ビィトン 長 財布 レディース ルイビトン 財布 黒 長 財布 ビトン ルイビトン 折りたたみ 財布[/url] [url=https://lovewallet001.teamblog.jp/archives/16194627.html title=ルイビトン 折りたたみ 財布 二 つ折り 財布 ビトン ビィトン 財布 長 財布 ルイビトン 財布 黒 ビィトン の 長 財布]ルイビトン 折りたたみ 財布 二 つ折り 財布 ビトン ビィトン 財布 長 財布 ルイビトン 財布 黒 ビィトン の 長 財布[/url] ルイビトン 折りたたみ 財布 ルイビトン 小物 ビトンカバン