English

शनिबारबाट क्रमिकरूपमा मौसममा सुधार



बिहीबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।

देशभर हल्कादेखि मध्यम वर्षा र उच्च पहाडमा हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात भएको मौसमविद् मानन्धर बताउँछिन् । बिहीबार शुरु भएको मौसम बदली शनिबारबाट क्रमिक सुधार हुँदै जाने उनको अनुमान छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको उनले बताइन् ।

काठमाडौं उपत्यकाको चन्द्रागिरि, शिवपुरी, फुल्चोकीलगायत डाँडामा हिमपात भएको छ । साथै, अधिकांश पहाडी तथा हिमाली भेगमा पनि हिउँ परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको चन्द्रागिरि, शिवपुरी, फुल्चोकीलगायत डाँडामा हिमपात भएको छ । साथै, अधिकांश पहाडी तथा हिमाली भेगमा पनि हिउँ परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने शाखाको पूर्वानुमान छ ।

प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।

देशका पूर्वी तथा मध्यभूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको उनको अनुमान छ ।

शनिबार रातिबाट देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने शाखाको अनुमान छ ।

यसैगरी, माघ २३ गते आइतबार दिउँसोबाट देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

यो पनि…
देशभरि हिमपात

यी स्थानमा वर्षा र हिमपातको सम्भावना



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested