English

देशभरि हिमपात



नेपालका विभिन्न जिल्लामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात शुरु भए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो ।

अहिले काठमाडाैंलगायत देशका विभिन्न भूभागहरूमा वर्षासँगै भारी हिमपात भएकाे छ । हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा दार्चुला, बैतडीलगायत उच्च हिमाली भूभागहरूमा हिमपात भएको छ । त्यस्तै, तेह्रथुम, संखुवासभा र ताप्लेजुङलगायतका पूर्वी जिल्लामा पनि हिमपात भएको छ । रसुवा, गाेरखा, कास्की, म्याग्दी, बागलुङलगायतका पहाडी तथा उच्च पहाडी जिल्लाहरुमा पनि बाक्लो हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरी, शिवपुरीलगायतको क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन् ।

जल तथा माैसम विज्ञान विभागका डोल्पाको सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ । यसैगरी, मुगुको पुर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ । हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन् ।

किसान खुसी
मध्य पुसमा भारी हिमपात हुँदा कृषिबाली सप्रिने भन्दै किसान खुसी भएका छन् । गहुँ, जौँको उत्पादन बढ्ने आशा पलाएको किसान मणिचन्द्र भामले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested