English

मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो



दक्षिण कोरियामा पछिल्लो पटक अनौठो मास्क चलनमा आएको छ, जुन परम्परागत फेस मास्कभन्दा बिलकुल फरक छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई कोस्क नाम दिइएको छ । ‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको हो । कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ । दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री गरेको सो अस्वभाविक मास्कमा लगाउने मानिसको मुख नढाक्ने गरी बनाइएको छ ।

खानेकुरा खाँदा कोभिडविरुद्ध कुनै तहबाट जोगिने उदेश्यले सो मास्क डिजाइन गरिएको देखिन्छ । नयाँ मास्क (कोस्क) जुनसुकै बेला नाक मात्र छोपेर लगाउन सकिन्छ । दक्षिण कोरियामा मात्र उपलब्ध हुने र नाक मात्र ढाक्ने कोस्कको अस्वभाविक लहरले पश्चिमा देशहरुमा एक खालको विवाद ल्याएको छ । कसैले यसलाई काम नलाग्ने सामान भनेका छन् ।

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरुले यो पनि देखाएका छन् की नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो ।

‘नाकमुनि मास्क लगाउने मानिसका लागि यो मास्क भिन्न देखिदैंन,’ एक जना ट्विटर प्रयोगकर्ताले कोस्कबारे टिप्पणी गर्दै लेखेका छन् ।

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरुले यो पनि देखाएका छन् की नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो । र, केही स्वास्थ्य विज्ञहरुको यो पनि विश्वास छ की मास्क नै नलगाउनु भन्दा नाक मात्र ढाक्ने मास्क लगाउनु उचित हुन्छ ।

‘सम्भवत यसले सामान्य भिन्नता राख्छ,’ डिकिन्स इन्स्टिच्युट फर हेल्थ ट्रान्सफर्मेसनका प्राध्यापक क्याथरिन बेन्नेटले भने । मास्क बनाउने तरिका अनौठो भएको उनले टिप्प्णी गरेका छन् ।

यो पनि
यसकारण देशव्यापी बन्यो खोपविरोधी प्रदर्शन
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested