English

झरीपछि इँटाभट्टाका मजदुरको गुनासो : ‘गरिबले गरीखान नपाइने भो’



ललितपुरको झरुवारासीस्थित बज्र इँटा उद्योगमा हर्क बुढामगर काँचो इँटा छोपिएको प्लास्टिक निकाल्दै गरेको अवस्थामा भेटिए । प्लास्टिक निकालेपछि उनी एकोहोरो हेरिरहे । अनि भने– ‘लौ प्लास्टिकले छोपे त इँटा बच्दोरहेछ । उनी खुसी भए ।

बुढामगर पहिलोपल्ट इँटा बनाउन सिन्धुलीदेखि काठमाडौं झरेका हुन् । यसकारण इँटाभट्टाको दुःख र खुसी उनी पहिलोपल्ट भोग्दैछन् ।

‘चाङ लगाएको चाँही पाइने रहेछ । यो वर्ष झन्डै ६ हजार इँटा बनाएको पैसा पाइएन । पानी रोकिएपछि फ्याँक्दैको हैरान मात्रै भो ।’

तीन महिनाअघि दाजु जंगबहादुरसँग बज्रबाराहीको बज्र इँटाभट्टामा इँटा बनाउन थालेपछि तीनपल्ट झरी परिसकेको छ, झरीले तीनैपल्ट इँटा नष्ट गरेको छ, सुस्केरा हाल्दै उनले भने– भगवान्ले पनि गरिखान नदिने रहेछ गरिबलाई ।’ मजदुरले भट्टाको खलामा बनाएर राखेको इँटाको पैसा नपाउने उनी बताउँछन् । उनी भन्छन्– ‘चाङ लगाएको चाँही पाइने रहेछ । यो वर्ष झन्डै ६ हजार इँटा बनाएको पैसा पाइएन । पानी रोकिएपछि फ्याँक्दैको हैरान मात्रै भो ।’

उनका अनुसार भट्टाको बसाइ झन् कष्टकर छ । काँचो इँटाले बनाएको होचो झ्याउलीमाथिको जस्तापाताले रातभर चिसो पठाउँछ स मुछेको माटो र पानीको कुलोले सिमसार बनेको फाँटमा रातभर सिरेटो आउँछ । झरी पर्दा काँचो इँटा पग्लेर झ्याउली भत्किँदा हैरानी खेपेको बुढामगर बताउँछन् ।

शुक्रबारको झरीले उनको झ्याउली फेरि भत्काइदियो । ‘दिनभर भिजेर दाजुभाइले बनायौँ ।’ उनी भन्छ्न्–‘पानी परेर भित्र हिलो भयो इँटा हालेर राखेका छौँ ।’ बज्र इँटा भट्टामा विशाल मोक्तान पनि निराश अवस्था भेटिए । उनले पनि झरीका कारण ६ हजारभन्दा बढी इँटा खेर गएको गुनासो गरे ।

‘अझै एक साता काम हुँदैन । घाटा त कति हो कति ।’ पानी परेपछि बनाएको इँटा त खेर जान्छ नै । भट्टामा परेको पानी नसुकेसम्म अर्काे इँटा बनाउन मिल्दैन । जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ ।’

उनले भने, ‘अझै एक साता काम हुँदैन । घाटा त कति हो कति ।’ पानी परेपछि बनाएको इँटा त खेर जान्छ नै । भट्टामा परेको पानी नसुकेसम्म अर्काे इँटा बनाउन मिल्दैन । जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ ।’

यो सिजनमा लगातार पानी परेकाले पैसा बचाएर घर लैजान मुस्किल पर्ने उनी बताउँछन् । भन्छन्, ‘पहिले नै बैना लिएको हुन्छ । त्यो पैसा तिर्यो । परिवार पाल्यो । यही हो कमाइ ।’ काम गर्न नसक्नेले भट्टाबाट ऋण बोकेर जानुपर्ने अवस्था आउने उनले बताए । उनका अनुसार धेरै परिवारका सदस्य र काम गर्ने मान्छे थोरै हुनेहरू रोएर फर्कने गर्छन् ।

बज्र भट्टाबाट काम गर्न नसकेर २/३ परिवार विस्थापित भइसकेको मजदुर भरत थामी बताउँछन् । ‘पैसा भनेजति नकमाएपछि बस्ने मनै हुँदैन । साहुले पनि दिने अवस्था हुँदैन,’ उनी भन्छन् ।

तीनपल्ट पानी पर्दा दसौँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनीराम महर्जन बताउँछन् । मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन् ।

थामीका अनुसार पछिल्ला वर्षहरूमा इँटा भट्टामा काम गर्ने मजदुरहरूलाई सजिलो हुँदै गएको छ । पहिले माटो आफैँले मुछेर इँटा बनाउनुपथ्र्याे । अहिले भट्टा आफैँले माटो मुछेर ल्याइदिन्छन् पानी पर्दा छोप्न प्लास्टिक पनि दिन्छन् । बस्नलाई झ्याउलीसमेत बनाइदिन्छन् ।

तीनपल्ट पानी पर्दा दसौँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनीराम महर्जन बताउँछन् । मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन् । भन्छन्– ‘लोगो नदेखिएको मात्रै हामीले नलिने हो । अरू सबै उठाउँछौँ । हरेक झरीपछि क्षति हुने हुँदा इँटाको भाउसमेत बढ्ने सम्भावना हुन्छ ।

यो पनि…
उपचार होइन सौता पाउँछन् महिला
भेडापालक किसानले किन मागे भत्ता ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested