English

लगातारको वर्षाले कामै नलाग्ने भयो अर्बौंको इँटा



तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इँटा तयार पार्ने याम भएकाले सबै इँटा उद्योगहरुमा काँचो इँटा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इँटाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन् ।

उद्योग सञ्चालकहरूका अनुसार एउटा इँटा उद्योगमा कम्तीमा २५ देखि ३० लाख मूल्य बराबरका काँचो इँटा वर्षाका कारण नष्ट भएका छन् । इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले भने, ‘वर्षाका कारण इँटा उद्योगहरूमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ ।’ उहाँले वर्षाले उद्योगीहरू उठ्नै नसक्ने गरी क्षति पुगेको बताउँदै उनले भने, ‘तत्काल उद्योग सञ्चालन गर्ने अवस्था रहेन । अर्बौंको क्षति भएको छ ।’

अध्यक्ष यादवकाअनुसार मधेस प्रदेशका सबै जिल्ला गरी ६०० इँटा उद्योग सञ्चालनमा छन् । एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए । तयारी भएको इँटाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ । एक–दुई महिना लगाएर तयार पारिएको इँटा पुस–माघमा भट्टीमा पोल्ने गरिन्छ । काँचो इँटा तयार पार्न उद्योगले सयौँको सङ्ख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइलासमेत खरिद गरिएको हुन्छ ।

वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताए । उनले उद्योग सञ्चालनका लागि फेरि सुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै सञ्चालकहरू दोहोरो खर्चको ठूलो मारमा पर्ने बताए । मधेस प्रदेशको धनुषामा मात्रै ८० इँटा उद्योग छन् । यस वर्षाले सबै उद्योगमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलमा सञ्चालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । उनले तयारी गरेर पोल्नका लागि राखेको सबै काँचो इँटा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताए ।

इँटा उद्योगका सञ्चालकहरूले कोइला भारतबाट आयात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा कोइलामा भएको दोब्बर मूल्यवृद्धिका कारण उनीहरू थप मारमा परेको सञ्चालकहरूले बताए । महोत्तरीको औरही नगरपालिकामा सञ्चालित न्यू मिथिला इँटाभट्टा उद्योगका सञ्चालक रामबाबु चौधरीले इँटा तयार पार्न फेरि सुरुदेखि काम गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘अब सबै सुरुदेखि गर्नुपर्ने भयो, माटो र कोइला खरिद गर्नुपर्‍यो । मजदुरलाई पारिश्रमिक दिनुपर्ने भयो, त्यसका लागि फेरि कम्तीमा एक–दुई महिना समय लाग्ने भयो । हामी दोहोरो खर्चको मारमा पर्ने भए ।’

तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन् ।

इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीले भने, ‘वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भयो । फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने अवस्था भयो ।’ उनले महोत्तरीमा मात्रै २० करोड मूल्य बराबरको इँटा उद्योगमा क्षति पुगेको बताए । उनका अनुसार महोत्तरी जिल्लाभरि ५२ वटा इँटा उद्योग रहेकामा औरही, रामगोपालपुर र गौशला नगरपालिकामै ३६ वटा रहेको र प्रत्येक इँटा उद्योगमा करिब २० देखि ३० लाखसम्मको क्षति भएको बताए ।

सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बीमाको व्यवस्था छैन । खुला आकाशमुनि निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो । दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन् । उद्योग सञ्चालकहरूले बीमाको व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन ।

दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन् ।

इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले सरकारले बीमाको व्यवस्था नगरेका कारण प्रकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैं बेहोर्नु परिरहेको बताए । उनले अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बीमाको व्यवस्था गर्न सरकारसँग पुनः माग गरे ।

उनले भने, ‘बीमाको व्यवस्था गर्न पछिल्लो ५/६ वर्षदेखि सरकारलाई भनिरहेका छौँ तर सरकारले सुनुवाइ गरेको छैन ।’ उनले बीमा नहुँदा पटकपटक आइरहने प्रकृतिक विपत्तिले सम्पूर्ण क्षति हामी आफैंले बेहोर्नु परेको छ । सरकारले ध्यान नदिए हामीले कसरी उद्योग सञ्चालन गर्ने ? उनको प्रश्न छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested