English

विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरी गिनिज बुकमा नाम



पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् ।

सोलुखुम्बुका गीतकार/निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, मोडल/डान्सर सृजना किराती, स्याङ्जाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार/गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे)ले हालसममै अग्लो उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीत रेकर्डसँगै सोही गीतको म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।

पाँच हजार २० मिटरको उचाईमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर गीत रेकर्डसँगै म्युजिक भिडियो छायांकन गरेको दावीलाई गिनिज बुकले मंगलबार राति मान्यता दिएको पत्रकार/गीतकार श्रेष्ठले जानकारी दिए ।

गिनिज बुकको यस मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड शिर्षकमा नेपाली युवा सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको दाबी गरिएको छ ।

उनीहरुले गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर २०२१ मा पूरा गरेका थिए । गिनिज बुकको यस मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड शिर्षकमा नेपाली युवा सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको दाबी गरिएको छ ।

गीतकार/निर्देशक बुद्धिराजले लेखेको गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर छ । नाछिरिङलाई गायिका गुरुङ र पत्रकार/गीतकार श्रेष्ठले कोरस गायनमा साथ दिएका छन् । गीतका लागि शिवराज जोशीले मादल, डम्बरसिंह राईले बाँसुरी र नाछिरिङले किबोर्ड बजाएका छन् ।

रेकडिष्टको भूमिका श्रेष्ठको छ । खारे आसपासमै छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराजले गरेका छन् । म्युजिक भिडियोमा स्वयं बुद्धिराज, मोडल किराती, पत्रकार/गीतकार श्रेष्ठ र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन् ।

गंगाराम राईको छायांकन रहेको म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै युट्युब च्यानलबाट सार्वजनिक गरिने श्रेष्ठले बताए ।

यो पनि…
‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested