English

पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बनायो म्युजिक भिडियो



चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गरेको गीत ‘इच्छाकामना’लाई म्युजिक भिडियो बनाइएको हो। गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको उनले बताइन्।

भिडियोमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक बनावटबारे उल्लेख गरिएको छ। गीतले इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरिएको छ। गीतको भिडियोले पनि गाउँपालिकाको सिराइचुली, चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी जलवीरे लामो झरना, इच्छाकामना मन्दिर, तामिन, दाहाखानी, काउले साठीमुरे, मुग्लिन बजार, कुरिनटार, मनकामना केबुलकार, त्रिशूली, फिस्लिङलगायतका विभिन्न पर्यटकीयस्थलको दृश्य देखाइएको छ।

उक्त भिडियोमा गायक तथा संगीतकार चेतन सापकोटाको स्वर तथा संगीत सुन्न सकिन्छ। उनले नै निर्देशन गरेको भिडियोको छायाङ्कन भने विनोद श्रेष्ठ, राज पोखरेल र अनिल कटुवालले गरेका हुन्। साथीभाइ फिल्म्स् प्रालिले निर्माण गरेको भिडियोको सम्पादन भने प्रतिक ढुङ्गेलले गरेका छन्।

भिडियोमा गायक तथा संगीतकार सापकोटाले प्रमुख भूमिका निर्वाह गरेका छन् भने गाउँपालिका अध्यक्ष एवं गीतका सर्जक गुरुङसहित स्थानीय कलाकारलाई देख्न सकिन्छ। गीतको भिडिया र अडियो सोमबार गाउँसभाको अवसर पारेर ‘वी स्टार’ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना पर्यटकीय सम्भावना बोकेको पालिका हो। प्रचारप्रसारको अभाव र भौगोलिक विकटताका कारण पर्यक भित्र्याउन नसकेको यस गाउँपालिकामा पछिल्लो केही वर्षयता पर्यटकीयस्थलमा सडक पुगेसँगै पर्यटकको आवागमनमा केही वृद्धि हुँदै आएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो