टिकटकमा हिट म्युजिक भिडियोमा फिट



पछिल्लो केही वर्षयता कलादेखि गला र नृत्यदेखि अभिनयको भोक मेटाउने भरपर्दो माध्यम बनेको छ– टिकटक । यसैमार्फत चर्चामा आएका कतिपयले करिअर नै परिवर्तन गरेका छन् । उनीहरुले विशेषगरी म्युजिक भिडियोमा कब्जा जमाएका छन् । यतिमात्र होइन हिजोआज गीतसंगीतको प्रचारप्रसार गर्ने माध्यम पनि टिकटक बनेको छ । त्यसो त यहाँ ‘टिकटकमा हिट म्युजिक भिडियोमा फिट’ रहेका टिकटक सेलिब्रिटीहरुको चर्चा गरिएको छ ।

विजय बानियाँ

टिकटक स्टार विजय बानियालाई नचिन्ने प्राय कमै होलान् । टिकटकमा आकर्षक नृत्य गरेरै उनी भाइरल छन् । टिकटकमा उनलाई फलो गर्नेको संख्या ९७ लाख छ भने उनको भिडियोहरुले १ करोड ३२ लाख लाइक पाएका छन् । उनको डान्सलाई धेरैले मन पराएका छन् । उनले विभिन्न म्युजिक भिडियोमा कोरीयोग्राफी र अभिनय पनि गरिसकेका छन् ।

अन्जु भन्डारी

टिकटक सेलिब्रिटी अन्जु भन्डारीका ७३ लाखले फलो गरेका छन् । उनको टिकटक भिडियोहरुमा ९१ लाख भन्दा बढी लाइक छ । अन्जु पनि आकर्षक नृत्य गरेरै टिकटकमा रुचाइएकी हुन् । उनका देश तथा विदेशका थुप्रै फ्यान छन् । यतिबेला अष्ट्रेलियामा रहेकी भण्डारीको सेलिब्रेटी छवि टिकटकले नै विकास गरेको हो ।

प्रिज्मा, प्रिन्सी खतिवडा

टिकटकबाटै चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी हुन्– प्रिज्मा र प्रिन्सी खतिवडा । उनीहरुको टिकटकमा लगभग ७० लाख फलोअर्स छन्, भने ६५ लाख बढी लाइक छ । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका प्रिज्मा र प्रिन्सि यतिबेला व्यस्त मोडलको रुपमा चिनिन्छन् ।

दीपा, दमन्ता श्रेष्ठ

प्रिज्मा, प्रिन्सी जस्तै जुम्ल्याहा दिदी बहिनी दिपा दमन्ता पनि टिकटकमा भाइरल छन् । उनीहरुको टिकटक भिडियोलाई धेरैले मनपराएका छन् । टिकटकमा २७ लाख भन्दा बढी फलोअर्स र ४९ लाखभन्दा बढी लाइक भएका यी दिदी बहिनीले थुप्रै म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका छन् । उनीहरुले केही महिनाअघि हिमालयन टेलिभिजनमार्फत प्रसारण भएको रियालिटी शो डान्सिङ विथ स्टार नेपालमा पनि भाग लिएका थिए ।

सन्जु महर्जन

टिकटकबाटै चर्चामा आएका सन्जु महर्जनको लगभग २० लाख भन्दा धेरै फलोअर्स छन् । त्यस्तै उनका भिडियोले ५० लाख भन्दा बढी लाइक पाएको छ । अभिनय र नृत्यबाट दर्शकहरुको मन जित्न सफल सन्जु सानै उमेरमा टिकटकमा भाइरल छन् । उनले पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

मेघा घिमिरे

शारीरीक रुपमा अपाङ्गता भए पनि नृत्य कला प्रदर्शन गरेर मेघा घिमिरे यतिबेला टिकटकमा चर्चामा छिन् । उनको दुवै हात छैनन् तर पनि उनको टिकटक प्रतिको मोह साँच्चै लोभलाग्दौ छ । घिमिरको टिकटकमा २० लाखभन्दा धेरै फलोअर्स छन् भने ४६ लाख लाइक पाएको छ । शारीरिक रुपमा अशक्त भएपनि जीवनमा हार मान्नु हुँदैन भन्ने कुरालाई उनले प्रमाणित गरिदिएकी छिन् ।

उषा उप्रेती

अभिनय र नृत्यमा रुची भएकी उषा उप्रेती अहिले टिकटकमा निकै भाइरल छिन् । उनलाई पछिल्लो समय थुप्रै म्युजिक भिडियोहरुमा पनि अभिनय गरेको देख्न सकिन्छ । उनलाई टिकटकमा फलो गर्नेको संख्या १० लाख छ भने लाइक ३७ लाखभन्दा बढी छ ।

रेष्मा घिमिरे

टिकटक बाटै चर्चा कामएकी रेष्मा घिमिरेको कमेडी भिडियो र अभिनयलाई धेरैले मन पराएका छन् । उनलाई टिकटकमा फलो गर्नेको संख्या पनि कम छैन । पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी उनको विवाहको खबरले टिकटकमा झनै चर्चामा छिन् । उनलाई टिकटकमा १२ लाखले फलो गरेका छन् भने ३३ लाख लाइक छ ।

रिना रानाभाट

टिकटकमा १० लाखभन्दा बढी फलोअर्स र ३० लाख लाइक भएकी रिना रानाभाटको नृत्यलाई पनि टिकटकमा धेरैले मन पराएका छन् । रिनाकी छोरी वर्षापनि सँगै टिकटकमा देखिन्छिन् । रिना र वर्षा आमाछोरीको नृत्य र अभिनयले टिकटकमा चर्चाक कमाएको छ ।

समीक्षा बस्नेत

छोटो समयमा नै टिकटकमा धेरै चर्चा कमाउन सफल समिक्षा बस्नेतलाई नचिन्ने पनि कमै होलान् । उनको बेली, डान्स र अभिनयलाई दर्शकहरुले धेरै मन पराएका छन् । उनको टिकटकमा १० लाख फलोअर्स र ४४ लाख भन्दा बढी लाइक प्राप्त गरेकी समिक्षाले केही म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेकी छन् ।

अमर–अमृत दाहाल

जुम्ल्याहा दाजुभाई अमर–अमृत दाहाल पनि टिकटकबाटै चर्चामा आएका हुन् । केही म्युजिक भिडियोहरु समेत अभिनय गरिसकेका अमर अमृतको पनि राम्रै फ्यान फलोइङ छ । उनीहरुको टिकटकले ८ लाख फलोअर्स र १८ लाख भन्दा बढी लाइक पाएको छ ।

सामरिका–स्मारिका दाहाल

पछिल्लो समय टिकटकमा निकै भाइरल सामारीका दाहाल र स्मारिका दाहाल जुम्ल्याहा हुन् । टिकटकमा यी दिदीबहिनीको झगडाका भिडियोलाई दर्शकले मन पराएका छन् । साथै, उनीहरुले म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । उनीहरुलाई टिकटकमा ६ लाखले फलो गरेका छन् भने ४४ लाख लाइक छ ।

पुरु सिग्देल

आमासँगको रमाइलो भिडियोका कारण चर्चामा आएका पुरुषोत्तम सिग्देलको टिकटकमा फ्यान फलोइङ राम्रो छ । टिकटक बाटै चर्चामा आएका सिग्देलले विभिन्न गीतको भिडियोमा समेत अभिनय गरिसकेका छन् । उनको टिकटकले ७ लाख फलोअर्स र ५५ लाख लाइक पाएको छ ।

गीता ढुङ्गाना

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त मोडल गीता ढुङ्गाना पनि टिकटकबाटै चर्चामा आएकी हुन् । उनलाई म्युजिक भिडियोमा पनि रुचाइएको छ । उनलाइ टिकटकमा उनको ६ लाख फलोअर्स छन् भने १२ लाखभन्दा बढी लाइक छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा

डा.वासुदेव कृष्ण शास्त्री हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक