English

आवाजले नै छुट्याउन सक्छ जल गैंडाले साथी र शत्रु !



एक अध्ययनका अनुसार जल गैंडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैंडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो ।

अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ सेन्ट इट्नीका प्राध्यापक निकोलस म्याथेभोनका अनुसार उसको अनौठो आवाजकै कारण आफ्ना साथी र मित्रलाई खुट्याउन सक्छ । जंगली जल गैडा वास्तवमै होहल्ला गर्छन् ।

वैज्ञानिकहरुका अनुसार उनीहरुको एउटा फराकिलो स्वर भन्डार हुन्छ । उसको कर्कश आवाज, चिच्चावट र स्वा स्वा अन्य जनाबरको भन्दाबढी हुन्छ ।

म्याथेभोनले चितुवा, सील, हुँडारलगायतका जंगली जनाबरहरुका बारेमा अध्ययन गरेका छन् ।

‘उनीहरुले बोलाउदा साथीको पहिचानको सूचना हुन्छ । उनीहरुले आफ्नै आवाजले एक अर्कालाई चिन्छन् । यस्तो पहिचान क्षमताले उनीहरुबीचको सामाजिक सम्बन्धलाई सहयोग गर्छ,’ म्याथेभोन भन्छन् ।

सो अध्ययन करेन्ट बायोलोजीमा प्रकाशित छ ।

यो पनि
वर्षेनी गैँडा मरेको मर्यै, सम्बन्धित निकाय भने मौन
नौ महिनामा मरे ३० गैँडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested