English

इरानले अन्तरिक्षमा पठायो तीन ओटा अनुसन्धान कार्गो



इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएकाे छ । इरानको वायु फौजका प्रवक्ता अहमद हुसेनका अनुसार इरानले ‘यस अन्तरिक्ष अनुसन्धान अभियानमा पहिलोपटक क्षेप्यास्त्रमार्फत तीनओटा अनुसन्धान उपकरण पठाएको हाे ।’

सन् २०१५ को आणविक सम्झौता व्युँताउने विषयमा इरान र पश्चिमेली देशहरुबीचको वार्ता अवरुद्ध भइरहेका बेला इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएको हो । अन्तरिक्षको अनुसन्धान गर्न भन्दै उसले एउटा क्षेप्यास्त्रमा तीन ओटा अनुसन्धान उपकरण पठाएको हो ।

मध्यपूर्वमा सबैभन्दा धेरै मिसाइल कार्यक्रम रहेको इरानले प्रक्षेपण गरेका भू-उपग्रह समस्याका कारण पछिल्लो समयमा विफल भएका छन् । सन् २०१५ को आणविक सम्झौता व्युँताउने विषयमा इरान र पश्चिमेली देशहरुबीचको वार्ता अवरुद्ध भइरहेका बेला अमेरिकाअमेरिकाले इरानलाई आणविक कार्यक्रम स्थगित गर्न जोड दिँदै आएको छ । सन् २०१८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम प्रशासनले इरानमाथि प्रतिबन्ध लगाएपछि इरानले आफ्ना आणविक कार्यक्रमलाई पुनः निरन्तरता दिएको थियो ।

इरानको आणविक वार्ता निकै निकै सुस्त गतिमा अगाडि बढेको यसै साता अमेरिकाले जनाएको थियो । पूर्वराष्ट्रपति ट्रम्पले इरानमाथि लगाएको प्रतिबन्ध हटाएमा मात्र आफूले आणविक कार्यक्रम रोक्ने इरानले बताउँदै आएको छ । वर्तमान राष्ट्रपति जोन बाइडेनले पनि इरानले आणविक कार्यक्रम त्याग्नुपर्ने बताउँदै आएका छन् ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

काठमाडौं : सांस्कृतिक चेतना, भावनात्मक शिक्षा र सामूहिक आत्मीयता प्रवद्र्धन गर्ने उद्देश्यसहित संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक तथा कर्मचारी र

Latest










Popular
Suggested