English

पर्यटकका पर्खाइमा आहालडाँडा



वरपर गुराँसको जंगल, तल फाँट । ग्रामीण बस्तीको एकान्त वातावरण तथा पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने म्याग्दी अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आहालडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ ।

समुन्द्री सतहदेखि दुई हजार ६ सय २० मिटर उचाइमा रहेको सो स्थान पर्यटकका पर्खाइमा छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आहालडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए ।

‘प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् । सुनसान छ, उनले भने- ‘अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीयस्थल जाने बीच बाटोमा पर्ने आहाल डाँडाको प्रवर्द्धन आवश्यक छ ।’ सो स्थानमा ‘हिमालयन भ्यु एन्ड गेष्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल वार्षिक दुई सय जनाका हाराहारीमा पाहुना आउने गरेका छन् ।

आहालडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरी, मानापाथी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमाल र पृष्ठभूमिमा देखिने सुर्योदय र सूर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाडाको भ्रमणमा गरेका सुरेन गुरुङले बताए ।

गुराँसको जंगलका साथै विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, वन्यजन्तु र पंक्षीहरूको पनि अवलोकन गर्न पाइने उनले जानकारी दिए । करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आहाल डाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाडा, कालीदह, फूलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्यभागमा पर्छ ।

एकदेखि अर्को ठाउँमा जाने पर्यटकहरुका लागि आहालडाँडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ । राम्चेदेखि तीस मिनेट, करबाकेही, फूलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आहालडाँडा पुग्न सकिन्छ ।

राम्चे हुँदै आहालडाँडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आहालडाँडामा पुग्ने पर्यटकको सुविधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गरेका छ । होटलको छानोमा राखिएको जस्तापाटा बाहेक अन्य सबै संरचना काठका हुन् । दुई तले भवनमा २० जना बास बस्न सक्ने १० कोठा छन् ।

३५ लाखको लागतमा उनले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जंगलको दृश्यावलोकन गर्न सकिन्छ । प्रतिरात बास बस्न एक जनालाई करिब एक हजार बजेट आवश्यक पर्ने जनाइएको छ ।

बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाउन रु. ३७ लाख लगानी गरेका पुर्जा कोभिडपछि पर्यटक आउने आशामा हुनुहुन्छ । १० वर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे (घरबास) सञ्चालन गर्नुभएको थियो ।

स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फापरको रोटी, ढिँडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् । परिवारका सदस्यहरूद्वारा सो होटल सञ्चालित छ ।

यो पनि…
थारूबस्तीमा माघीको रौनक : महिलाको व्यस्तता बढ्यो
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested