English

पर्यटकका पर्खाइमा आहालडाँडा



वरपर गुराँसको जंगल, तल फाँट । ग्रामीण बस्तीको एकान्त वातावरण तथा पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने म्याग्दी अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आहालडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ ।

समुन्द्री सतहदेखि दुई हजार ६ सय २० मिटर उचाइमा रहेको सो स्थान पर्यटकका पर्खाइमा छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आहालडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए ।

‘प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् । सुनसान छ, उनले भने- ‘अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीयस्थल जाने बीच बाटोमा पर्ने आहाल डाँडाको प्रवर्द्धन आवश्यक छ ।’ सो स्थानमा ‘हिमालयन भ्यु एन्ड गेष्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल वार्षिक दुई सय जनाका हाराहारीमा पाहुना आउने गरेका छन् ।

आहालडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरी, मानापाथी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमाल र पृष्ठभूमिमा देखिने सुर्योदय र सूर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाडाको भ्रमणमा गरेका सुरेन गुरुङले बताए ।

गुराँसको जंगलका साथै विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, वन्यजन्तु र पंक्षीहरूको पनि अवलोकन गर्न पाइने उनले जानकारी दिए । करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आहाल डाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाडा, कालीदह, फूलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्यभागमा पर्छ ।

एकदेखि अर्को ठाउँमा जाने पर्यटकहरुका लागि आहालडाँडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ । राम्चेदेखि तीस मिनेट, करबाकेही, फूलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आहालडाँडा पुग्न सकिन्छ ।

राम्चे हुँदै आहालडाँडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आहालडाँडामा पुग्ने पर्यटकको सुविधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गरेका छ । होटलको छानोमा राखिएको जस्तापाटा बाहेक अन्य सबै संरचना काठका हुन् । दुई तले भवनमा २० जना बास बस्न सक्ने १० कोठा छन् ।

३५ लाखको लागतमा उनले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जंगलको दृश्यावलोकन गर्न सकिन्छ । प्रतिरात बास बस्न एक जनालाई करिब एक हजार बजेट आवश्यक पर्ने जनाइएको छ ।

बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाउन रु. ३७ लाख लगानी गरेका पुर्जा कोभिडपछि पर्यटक आउने आशामा हुनुहुन्छ । १० वर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे (घरबास) सञ्चालन गर्नुभएको थियो ।

स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फापरको रोटी, ढिँडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् । परिवारका सदस्यहरूद्वारा सो होटल सञ्चालित छ ।

यो पनि…
थारूबस्तीमा माघीको रौनक : महिलाको व्यस्तता बढ्यो
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो