English

डा. शेरबहादुर पुनको नजरमा पढ्नैपर्ने ३ पुस्तक



सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिले एकदमै व्यस्त रहेका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखिएसँगै त्यसको अध्ययन अनुसन्धानमा उनी व्यस्त भएका हुन् ।

त्यसमध्ये महामारीको बेलामा फ्रन्टलाइनमा रहेर काम गर्नुपर्दा त आफ्ना लागि समय निकाल्न निकै मुस्किल छ उनलाई । बिरामीहरूको सेवाबाट फुर्सद निक्लेको समयमा उनलाई पुस्तक पढ्न एकदमै मन पर्छ । उनले अहिलेसम्म थुप्रै मेडिकलका पुस्तकसहित अन्य पुस्तकहरू पढिसकेका छन् । उनले पढेका पुस्तकहरूमध्ये उनलाई एकदमै मनपरेको तीन पुस्तक यस प्रकार छ:

मुनामदन

मैले पढेका साहित्यिक पुस्तकहरूमध्ये लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित पुस्तक ‘मुनामदन’ एकदमै मन परेको थियो । मेडिकल स्टुडेन्ट भएको कारण विषय केन्द्रित पुस्तकहरू नै धेरै पढ्नुपर्ने हुन्छ । तर, फुर्सद मिलेको समयमा साहित्यिक पुस्तकहरू पढ्न पनि असाध्यै मन पर्छ । मुनामदनमा समेटिएको प्रेम कथा, पारिवारिक कथा र सामाजिक कथा सबै एकदमै राम्रो छ । यो पुस्तकले मेरो मन छोएको थियो । यस पुस्तकमा राष्ट्र भाव पनि झल्किएको छ ।

अल्बर्ट आइन्स्टाइन बायोग्राफी

एलिस क्यालाप्रिस र ट्रेवर लिप्सकम्बेद्वारा लिखित पुस्तक ‘अल्बर्ट आइन्स्टाइन बायोग्राफी’ पनि मलाई एकदमै मनपरेको पुस्तक हो । साइन्सको विद्यार्थी भएकोले मलाई साइनटिस्टहरूको बायोग्राफी पढ्न पनि एकदमै रमाइलो लाग्छ । उनीहरूले गरेका राम्रा राम्रा कामहरूबाट केही सिक्ने प्रेरणा मिल्छ ।

जंगबहादुरको जीवन यात्रा

मलाई इतिहासमा पनि रुचि भएको कारण ‘जङ्गबहादुरको जीवन यात्रा’ पनि असाध्यै मनपरेको पुस्तक हो । हामी सबै नेपालीहरूले नेपालको इतिहासको बारेमा जान्नुपर्छ जस्तो लाग्छ मलाई । यो पद्यजङ्ग राणाद्वारा लिखित पुस्तक हो भनेपछि यस पुस्तकको अनुवाद रामबहादुर पहाडीले गरेका छन् ।

यो पनि…
लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक
कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested