English

कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल



कोरोना महामारीबाट विश्व अझै आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो छैन । दोस्रो लहरसँगै सुरु भएको निषेधाज्ञा केही खुकुलो भएपनि सामान्य अवस्थामा भने आइसकेको छैन ।

विश्वव्याधिको यही त्रासपूर्ण तरंग लम्बिँदो निषेधाज्ञाका कारण मानिसको सिंगो लाइफस्टाइलमा धेरै नै हेराफेरी आएका छन् । २ वर्षयता सामान्य हिँडडुलदेखि सामाजिक जमघटसम्म, व्यापारदेखि रोजगारीसम्म, सामाजिक संस्कारदेखि रितीरिवाजसम्म, अध्ययनदेखि अध्यापनसम्म, खेलदेखि खेलाडीसम्म, अनि सिर्जनशील कामदेखि उत्पादनशील क्षेत्रसम्म र मालिकदेखि कामदारसम्मको जीवनशैलीमा व्यापक परिवर्तनका बाछिटा देखिए ।

कोरोना भाइरस आउनुभन्दा पहिला नेपालमा अनलाइन कक्षाका बारेमा सुनिएतापनि व्यवहारमा लागू भएको थिएन । तर, अहिले पढाईदेखि परीक्षासम्म अनलाइनबाटै भए । यतिसम्मकि चासोका साथ हेरिने एसईई परीक्षाको नतिजा समेत आन्तरिक मूल्यांकनबाट प्रकाशित गरियो ।

के–केमा बदलियो ?

कोरोनाले परिवर्तन नल्याएको क्षेत्र कमै छन् । पहिलो कुरा त यसले शैक्षिक क्षेत्रमा व्यापक परिवर्तन ल्याइदियो । देशभरका विद्यालय बन्द छन् । त्यसो त अनलाइनबाटै पठनपाठन भइरहेका छन् ।

कोरोना भाइरस आउनुभन्दा पहिला नेपालमा अनलाइन कक्षाका बारेमा सुनिएतापनि व्यवहारमा लागू भएको थिएन । तर, अहिले पढाईदेखि परीक्षासम्म अनलाइनबाटै भए । यतिसम्मकि चासोका साथ हेरिने एसईई परीक्षाको नतिजा समेत आन्तरिक मूल्यांकनबाट प्रकाशित गरियो ।

यसैगरी, कोरोनाले व्यापार–व्यवसायमा प्रत्यक्ष असर पारेको छ । केही हदसम्म खाद्य सामग्री पसल र औषधिको व्यवसाय चलेपनि अन्य व्यवसाय पूर्ण बन्द रहे । त्यसैले यसैबेला अनलाइन व्यापारले प्रमुख स्थान पायो । कोरोना कहरपछि सहरी क्षेत्रमा अतिआवश्यक सामाग्रीको माग र भुक्तानीमा अनलाइन ट्रेन्ड बढ्दो रहेको सस्तो डिलका सिइओ अमुन थापा बताउँछन् ।

त्यस्तै, कोरोनाले खेल तथा मनोरञ्जन क्षेत्रमा पनि व्यापक परिवर्तन ल्याइदियो । अन्तराष्ट्रियस्तरका खेलका मैदान पनि दर्शकबिहिन बन्न पुगे ।
कोरोना कहरपछि स्वास्थ्य उपचार शैलीमा पनि निकै परिवर्तन आएको छ । भर्चुअल र फोन सम्पर्क गरेर चिकित्सकसँग परामर्श लिने चलन बढेको छ । यसैगरी औषधिका लागि अनलाइन अर्डर गर्ने बानी बसेको छ ।

विवाह भन्ने बित्तिकै धुमधाम हुनुपर्छ भन्ने आम नेपालीको बुझाई थियो । यद्यपि, कोरोना महामारीले थोरै संख्या र कम खर्चमा पनि विवाह सम्पन्न हुन्छ भन्ने सिकाएको छ ।

यसैगरी, यो बेला जागिरेहरुलाई घरबाटै पनि काम गर्नुपर्ने बाध्यता आइलाग्यो । विशेषगरी, अनलाइन सेवा प्रदायक संस्था, पठनपाठन, व्यापार, पत्रकारिता लगायतका क्षेत्रमा ‘वर्क फ्रम होम’ निकै विकसित भयो । यसले आममानिसलाई घरबाटै पनि काममा अभ्यस्त हुन भने सिकायो ।

खुम्चियो बिहे

विवाह भन्ने बित्तिकै धुमधाम हुनुपर्छ भन्ने आम नेपालीको बुझाई थियो । यद्यपि, कोरोना महामारीले थोरै संख्या र कम खर्चमा पनि विवाह सम्पन्न हुन्छ भन्ने सिकाएको छ । यतिमात्र होइन बेहुला बेहुलीको फेसनमा मास्कले प्रवेश गर्यो । विभिन्न बुटिकहरुमा बेहुलाबेहुलीका स्पेशल मास्कको डिजाइन हुन थालेका छन् । त्यसैले विवाहमात्र नभएर जन्मदेखि मृत्युसम्मका संस्कारमा मानिसहरुको जमघट निकै खुम्चियो ।

नमस्कार गर्ने चलन बढ्यो

साथीभाई अथवा नजिकका मान्छे भेट्ने बित्तिकै हात मिलाउने, अंकमाल गर्ने चलनलाई पनि कोरोनाले विस्थापित गरिदिएको छ । त्यसैले नमस्कार गर्ने चलन बढ्यो ।

यसैगरी, मास्क, पञ्जा, सेनिटाइजरको प्रयोग ह्वात्तै बढ्यो भने आममानिसमा सरसफाईको चेतनामा पनि वृद्धि भयो । सेनिटाइजर प्रयोग गर्ने, नियमित हात धुने बानी बसाल्न पनि कोरोनाले सिकायो । समग्रमा आममानिसको जीवनशैलीमा कोरोनाले काफी परिवर्तन ल्याइदिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती