English

अनुसन्धान भन्छ– ‘नेपालमा दैनिक १२५ जना दृष्टिविहीन थपिन्छन्’



नेपालमा प्रत्येक दिन एक सय २५ जना दृष्टिविहिन थपिने गरेका छन् । आँखासम्बन्धी गरिएका विभिन्न अनुसन्धानले यस्तो देखिएको हो ।

‘समयमा उपचार पाएमा ८० प्रतिशत पुनः दृष्टि पाउन सकिन्छ’ राप्ती आँखा अस्पतालले आयोजना गरेको आँखाको सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक नेत्र अधिकृत गौतमले भने

राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले अझै सबैको पहुँचमा आँखा उपचारको सेवा नहुँदा दृष्टिविहीनको संख्या धेरै भएको बताए । उनले अहिले दैनिक एक सय २५ जनामा अन्धोपन देखिने गरेको बताए । ‘समयमा उपचार पाएमा ८० प्रतिशत पुनः दृष्टि पाउन सकिन्छ’ राप्ती आँखा अस्पतालले आयोजना गरेको आँखाको सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक नेत्र अधिकृत गौतमले भने ‘तर सबैको पहुँचमा नहुँदा आँखाकाे दृष्टि गुमाउनु परेको छ ।’ नेपालमा करिब ८० लाख मानिसले आँखाको उपचार नपाएको उनले बताए । 

मोतीविन्दु, जलविन्दु, दृष्टिपर्दाको समस्या, रतन्धो र आँखामा लाग्ने चोटपटक नै दृष्टिविहीन बनाउने प्रमुख कारणह रहेको उनले बताए । 

सबैको पहुँचमा आँखको सेवा पुर्‍याउन सरकारले योजना बनाएर काम गर्नु पर्ने बताए । शरीरका अन्य अंग जस्तै आँखा संवेदनशील भए पनि यसबारे धेरैले चासो नराखेको उनकाे भनाइ छ । पछिल्लो समय आँखाका समस्या लिएर अस्पताल आउनेको संख्या बढ्दै गएको उनले बताए । आँखा सुक्खा हुने, धेरै समयसम्म हेर्न नमिल्ने, आँखामा विभिन्न संक्रमण हुनेलगायतका समस्या देखिएको उनले बताए । मोतीविन्दु, जलविन्दु, दृष्टिपर्दाको समस्या, रतन्धो र आँखामा लाग्ने चोटपटक नै दृष्टिविहीन बनाउने प्रमुख कारणह रहेको उनले बताए । 

यो पनि पढ्नुहोस्ः
दृष्टिविहिनहरु भन्छन्, ‘सरकार, हामीलाई किन देख्दैनौं ?’
विकराल बन्दै पक्षघात तर सम्भव छ उपचार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested