English

दृष्टिविहिनहरु भन्छन्, ‘सरकार, हामीलाई किन देख्दैनौं ?’



कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । काम ठप्प छन् जसले गर्दा मानिसलाई अहिले दैनिकी टार्न धौ–धौ परेको छ । शारीरिक रुपमा सक्षम मानिसहरुले त जसो तसो जिविका चलाइरहेका छन् । तर, अशक्त, असहाय र अपाङ्गता भएका मानिसहरुको यतिबेलाको दैनिकी निकै कष्टकर बनेको छ । अझै, सडक किनारामा बसेर गीत गाउने, धुप, साबुन लगायतका वस्तुहरु बेचेर पेट पालिरहेका दृष्टिविहिनहरुको अवस्था टिठलाग्दो छ ।

विगत २ वर्ष देखि काठमाडौंको सडकमा गीत गाएकै भरमा परिवार पाल्दै आएका रोल्पाका भीमबहादुर विश्वकर्माले कोठामा भाडा तिर्न नसकेको तीन महिना भइसक्यो । ‘निषेधाज्ञा अघि सडकमा गित गाएर दिनको २ देखि ५ सयसम्मको आम्दानी हुन्थ्यो । त्यही आम्दानीले ५ जनाको परिवार पालेको थिए ।’

छोराछोरी साना छन् उनीहरुको इच्छा पूरा गर्न नसक्दा नरमाइलो लाग्ने राई बताउँछन् । ‘हामी जस्तो दृष्टिबिहिन भएकाहरुको लागि सरकारले केही व्यवस्था गर्नु पर्ने हो नि है,’ उनी भन्छन्, ‘कि सरकार पनि आँखा देख्दैन ?’

उनले रोल्पामै बाख्रा पालेर कृषि गरेर बस्ने सोच बनाएका थिए । तर, उनलाई वैंकले ऋण दिन विश्वास गरेन । उनी रोजीरोटी खोज्दै काठमाडौं छिरे । यहाँ आएर पनि केही काम पाएनन् । त्यसपछि सडक किनारामा गीत गाउन थालेको उनी बताउँछन् । ‘कोरोना र निषेधाज्ञाले गर्दा आयस्रोतको त्यही एउटा बाटो पनि बन्द भएको छ । गीत गाएर जीवन गुजारा गर्ने रहर त कहाँ छ र अझ पनि कतै बाट ऋण प्राप्त भए घरै गएर पशुपालन र कृषि गरेर बस्थे,’ उनी भन्छन्, ‘कोठा भाडा तिर्न नपाएको ३ महिना भइसक्यो । केही संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरेर अहिलेसम्म खान चाहीँ पाइएको छ । तर यसरी नै निषेधाज्ञा लम्बिँदै जाने हो भने हामीजस्ता दृष्ट्रिविहिन वेसहारा बन्छौं ।’

कुन्द बहादुर राईले धुपको मार्केटिङ गरेर जीवन धानेको ८ वर्ष भइसकेको छ । उनको परिवारको मुख्य आयस्रोतको बाटो भनेकै धूप हो । ‘अघिल्लो वर्ष देखि नै लकडाउनले राम्ररी काम भएको छैन । घरको मुख्य आयस्रोत नै ठप्प हुँदा आर्थिक संकट त पर्ने नै भयो,’ उनी भन्छन्, ‘केही राहत प्राप्त भएको थियो अहिलेसम्म त्यसैले चलेको छ ।’

छोराछोरी साना छन् उनीहरुको इच्छा पुरा गर्न नसक्दा नरमाइलो लाग्ने राई बताउँछन् । ‘हामी जस्तो दृष्टिबिहिन भएकाहरुको लागि सरकारले केही व्यवस्था गर्नु पर्ने हो नि है,’ उनी भन्छन्, ‘कि सरकार पनि आँखा देख्दैन ?’

त्यस्तै विगत ४ वर्ष यता साबुन बनाएर तथा मार्केटिङ गरेर आफ्नो जीवन धानेकी निरु गुरुङ अहिले २ वर्ष यता आर्थिक अभावको चपेटामा परेको बताउँछिन् । ‘गत वर्ष पनि कोरोना महामारी र लकडाउले लामो समय काम भएन । ऋण गरेर बिहान बेलुकाको छाक टारेका थियौं,’ उनी भन्छिन्, ‘त्यो ऋण तिर्न नपाउँदै अहिले फेरि निषेधाज्ञा भयो । साबुन बनाए पनि बेच्न पाएको छैन ।’

काम गरेको तलब नपाउँदा कोठा भाडा तिर्न सकिएको छैन,’ चौधरी भन्छन्, ‘निषेधाज्ञाले गर्दा काम छैन आर्थिक संकट पर्न थाली सक्यो । निषेधाज्ञा अझै लम्बिदै छ कसरी गुजारा गर्ने सोच्नै सकेको छैन ।’

यही काम गरेर परिवारले पार्दै आएको तर अहिले लकडाउनले गर्दा समस्यामा परेको गुरुङ बताउँछिन् । ‘भाडा तिर्न र खान नै समस्या हुन थालिसकेको छ । कोरोना संक्रमण भइहाल्यो भने कसरी उपचार गर्ने भन्ने पीर अर्को छ,’ उनी भन्छिन्, ‘सरकारले हामी जस्ता दृष्ट्रिविहिनलाई मासिक १ हजार ६ सय दिन्छ, त्यो पैसाले भाडा तिर्नु कि खानु ।’

दोहोरी साँझमा विगत ८ वर्ष देखि किर्बोडिस्टको रुपमा काम गर्दै आएका निर्मल चौधरी र उनको श्रीमती दुवै दृष्टिविहीन हुन् । दोहोरी साँझको कमाई बाटै जीविकोपार्जन गर्दै आएका उनीहरुलाई लकडाउनले पिरोल्न थालेको छ ।

अझै गर्दा दोहोरी साँझमा काम गरेको तलब पनि नपाउँदा भने आर्थिक संकट पर्न थालेको उनीहरु बताउँछन् । ‘काम गरेको तलब नपाउँदा कोठा भाडा तिर्न सकिएको छैन,’ चौधरी भन्छन्, ‘निषेधाज्ञाले गर्दा काम छैन आर्थिक संकट पर्न थाली सक्यो । निषेधाज्ञा अझै लम्बिदै छ कसरी गुजारा गर्ने सोच्नै सकेको छैन ।’

दृष्टिबिहिन आमाको घर

दृष्टिबिहिन आमाको घरका अध्यक्ष टेक बहादुर मङ्रातीले विगत २ वर्ष देखि २१ दृष्टिबिहिन परिवारहरुलाई एकै ठाउँमा राखेका छन् । उनीहरुलाई सीप मुलक तालिमहरु दिएर उनीहरुले सक्ने र रुची भएको काम लगाएर उनीहरुलाई आश्रय दिइरहेको छ ।

मङ्राती स्वयम दृष्टि बिहिन हुन् । अघिल्लो लकडाउनमा भाँडा तिर्न नसकेर, निस्किएका दृष्टिबिहिनहरुको परिवारलाई लिएर उनले यो संस्थाको स्थापना गरेका हुन् । उनी भन्छन् ‘अहिले यो संस्थामा ३५ दृष्टिबिहिन परिवार छन्,’ उनले भने, ‘२१ परिवार यही संस्थामा बस्दै आएका छन् केही परिवारलाई भाडा तिरेर राखिएको छ । अहिले लकडाउने गर्दा सबै दृष्टिबिहीनहरु समस्यामा परेका छन् ।’

यस संस्थामा भएका सबै परिवारहरु केही न केही काममा आवद्ध थिए । उनीहरुले कमाएको पैसाले आफ्नो परिवार पाल्न सक्षम थिए । बस्ने आश्रय संस्थाले दिएको थियो । ‘तर, अहिले सबैको काम ठप्प छ ऋण गरेर खानाको व्यवस्था गरिरहेका छौ,’ उनी भन्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested