English

गरिबीले थलिएको मुसहर बस्तीमा शीतलहरको पीडा



चार छोरा/छोरी र श्रीमतीसहित ६ जनाको परिवार रहेका शिवु सदाय खरले बारेको छाप्रोमा बस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरूको ओछ्यान चिसो भुइँमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनुपर्ने बाध्यता छन् । छोरा छोरी पनि चिसिएर आधी रातमै उठेपछि न्यानो बनाउने उपाय भनेकै आगो रहेको बताउँछन् ।

यो सिरहाको गोलबजार नगरपालिका–१० धोवियाधारमा बसोबास गर्दै आएका ४० घरपरिवारको मुसहरहरूको पीडा हो । पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिब पाँच किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तीका स्थानीयहरू जाडोले कठ्यांग्रिएका छन् ।

हुस्सु र शीतलहरले तराई मधेश नै चिसिएको बेला यहाँका विपन्न मुसहरहरूको अवस्था अझै कष्टकर भइरहेको छ ।

घरभित्र पुराना कपडा र राती ओछ्याउने पराल मात्र छ । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उतै मादक पदार्थ सेवन गरेर बस्ने भएकाले परिवार उनको एक्लो कमाइले चलेको छ ।

शिवु मात्र नभई उक्त बस्तीका सबैजसोको अवस्था उस्तै छ । एक छोरी र दुई छोरासहित पाँच जनाको परिवार रहेकी मङ्गली सदाय बाँसका किलाहरूमा उभ्याइएका खरले छाएको छाप्रोमा बस्छिन् ।

घरभित्र पुराना कपडा र राती ओछ्याउने पराल मात्र छ । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उतै मादक पदार्थ सेवन गरेर बस्ने भएकाले परिवार उनको एक्लो कमाइले चलेको छ । एक्लोे कमाइले उनले न राम्रो घर बनाउन सकेकी छन् न त न्याना कपडाकै जोहो गर्न नै ।

जाडोले बस्तीका बालबालिका तथा वृद्धवृद्धा अप्ठ्यारोमा परेको भए पनि अहिलेसम्म कसैले केही सहयोग नगरेको हेमकुमार सदायले दुःखेसो पोखे ।

सिरहाको विभिन्न ४०० ससाना टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरूको बसोबास छ । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् । हालसम्म सिरहामा शितलहरका कारण मुसहर समुदायककै एक जना र बेवारिसे एक जना गरी २ जनाको मृत्यु भइसकेको छ ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
यसकारण उपल्लो डोल्पाका सर्वसाधारणले पाएनन् कोभिड –१९ विरुद्धको खोप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,