English

बदलिँदो मौसममा पिनासको जोखिमबाट यसरी बचौँ



डा. प्रतीक्षा पाण्डेय, प्राकृतिक चिकित्सक

पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनस भन्नाले टाउको र अनुहारको हाडहरूमा हुने हावा भरिएका खाली भागहरू हुन्, जो स–साना प्वालहरू, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जहाँ ब्याक्टोरिया एवं भाइरस विकसित भई पिनास हुन्छ । पिनासको बिरामीलाई अन्य मौसमभन्दा चिसो मौसममा अलि गाह्रो हुन्छ । पिनासको उपचारका लागि पछिल्लो समय प्राकृतिक उपचार पद्धति निकै प्रभावकारी बन्दै गएको छ ।


कारण
कोही व्यक्तिको जन्मिदै नाकको हड्डी बांगो छ भने ती व्यक्तिहरूमा पिनासको समस्या हुन सक्छ । त्यसबाहेक चिसोको एलर्जी, लामो समयसम्म रुघाखोकी, एकदमै चिसो खानेकुराको सेवन आदि कारणले पनि पिनास हुने गर्छ ।

प्राकृतिक उपचार विधि

जलनेती : प्राचीन कालदेखि नै ऋषिमुनिहरूले नाकको सफाइ गर्नका लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा मनतातो पानी राखेर एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्धतिले पिनास नियन्त्रण गर्छ ।

बाफ लिने : उम्लिएको पानीमा तुलसीको पात वा लेमनग्रास राखेर कपडाले पूरै टाउको र बाफको भाडोसहित ढाकेर नाकबाट बाफ लिने । बाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली पिनासको समस्या कम गर्न सहयोग गर्छ ।

अकुप्रेसर : अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर बिन्दुहरूमाथि वा हत्केला वा पैतालाका विन्दुहरू दबाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

सन्तुलित आहार : हरियो सागसब्जी, अंकुरित अन्न, भिटामिन र मिनरल्स युक्त खाना तथा मौसमी फलफूल आदि प्रसस्त खाने ।

चिसोबाट बच्ने : रुघाखोकी लामो समय लाग्न नदिने । बढी चिसो खानेकुरा नखाने ।

पिनासको बिरामीले खानपानमा पनि विशेष ध्यान दिनुपर्छ जंक फुडहरू खानु हुँदैन । त्यसका साथै दुग्धजन्य परिकार तथा जुन कुराले एलर्जी गर्छ त्यो कुराहरू खानु हुँदैन । नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बांगिएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?
यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested