English

सांसदलाई बन्दुक तेर्स्याएर कार चोरी



अमेरिकी सिनेटर मेरी गे स्क्यानलोनलाई दुई व्यक्तिले बन्दुक तेर्स्याउँदै उनको कार लिएर भागेका छन् । दक्षिण फिलाडेल्फियाको पार्कमा पार्किङ गरिराखेको सिनेटरको उक्त कारको चाबी लिए र त्यसपछि उनको गाडी लिएर भागे । घटनामा सांसदलाई भने कुनै चोटपटक लागेको छैन । प्रहरी र स्क्यानलोनको कार्यालयले यो जानकारी दिएको हो।

पुलिसले सिनेटर स्क्यानलोन बुधबार स्थानीय समय दिउँसो ३ बजेभन्दा केही मिनेटअघि एफडीआर पार्कमा बैठकपछि आफ्नो कारमा जाँदै थिइन्। त्यतिखेर सशस्त्र दुईजना व्यक्ति आएर उनको कारको चाबी मागे पछि स्क्यानलोनले साँचो दिइन् । तर, तीमध्ये एकजनाले उनको नीलो एक्युरा एमडीएक्स चलाउँदै लगे र अर्को व्यक्तिले अर्को गाडीमा उनलाई पछ्याए ।
स्क्यानलोनका सञ्चार निर्देशक लरेन कक्सले सांसदलाई भने कुनै चोटपटक नलागेको बताएका छन् ।

गाडीमा सिनेटरको व्यक्तिगत र कामका सामान रहेको प्रहरीले जनाएको छ।
डब्ल्युपिभिआई टिभीले बताएअनुसार कारमा सिनेटरको व्यक्तिगत तथा सरकारी फोन, पर्स र केही कागजपत्र थिए।

प्रहरीले फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)सँगको सहकार्यमा यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

सिनेटर हाल स्क्यानलोनले पेन्सिल्भानियाबाट प्रतिनिधित्व गर्छिन्।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested