English

जाडोमा चाँयाबाट छुटकारा पाउन अपनाउनुहोस् यी ३ उपाय



जाडो मौसममा जसरी छाला सुख्खा हुन्छ, त्यसै गरी टाउको पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा जाडोमा कपालसँगै टाउकोको पनि विशेष ख्याल राख्नुपर्छ । सुक्खा टाउको र बढ्दो चायाका कारण कपाल झर्न सक्छ । यस्तो अवस्थामा कपालमा हप्तामा एक वा दुई पटक तेल लगाउनु पर्छ । तेलले टाउकोको मसाज गर्दा छाला सफा हुन्छ । यसो गर्नाले जमेको फोहोर, प्रदूषण र चाँया आदि हट्छ । केही उपाय अपनाएमा चिसो मौसममा पनि कपाल र टाउकोलाई स्वस्थ बनाउन सकिन्छ ।

कागती–नरिवलको तेलले मसाज
जाडोमा कपाल र टाउकोको छाला निकै सुख्खा हुन्छ । सुख्खा हुनाले चाँयाको समस्या सुरु हुन्छ । चाँया कै कारणले कपाल झर्छ । जाडोमा चाँयालाई नियन्त्रण गर्नु पर्छ नत्र कपाल धेरै झर्ने र रुखो हुने समस्या बढ्न सक्छ । कपालमा धेरै चाँया भएमा कागतीको रस लगाउनुहोस् । नरिवलको तेलमा थोरै कागतीको रस मिसाएर यसलाई औँलाको सहायताले टाउकोमा लगाउनुहोस् । १ देखि २ घण्टाको लागि छोड्नुहोस् । त्यसपछि माइल्ड स्याम्पुले कपाल सफा गर्नुहोस् ।

एन्टि डेन्ड्रफ स्याम्पुको प्रयोग
जाडो मौसममा जुनसुकै स्याम्पु प्रयोग गर्नु हुँदैन । विशेषज्ञसँग परामर्श लिएर एन्टि डेन्ड्रफ स्याम्पु प्रयोग गर्नपर्छ । उत्कृष्ट परिणामको लागि स्याम्पुमा टि–ट्रि तेल तथा पेपरमिन्ट तेलको केही थोपा मिसाउँनुहोस् । यसो गर्दा छिटो नतिजा प्राप्त गर्न सकिन्छ ।

नीमको तेलको प्रयोग
चायाँको धेरै समस्या छ भने कपालमा राम्रो गुणस्तरको नीमको तेल लगाउनुहोस् । यसबाट टाउको चिलाउने, फोहोर हुने, सुख्खा हुने, चायाँ हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यसलाई हप्तामा दुई पटक प्रयोग गर्नुहोस् । यस तेललाई स्याम्पुमा पनि मिसाउन सक्नुहुन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested