English

एकैसाथ खान नहुने यी ७ खानेकुरा



हामीले खाने खानेकुराले हाम्रो स्वास्थ्यमा नराम्रो असर पनि गर्न सक्छ । हामीले केही खानेकुरामा ध्यान पुर्याउनु पर्छ । केहि खानेकुराहरू सँगैसँगै खादा त्यसले स्वास्थ्यमा असर पनि गर्न सक्छ । त्यसैले सँगसँगै खान नहुने केही खानेकुराहरू यस प्रकार छन् :

दूध र दही
दूधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दूध र दहीमा हुने तत्त्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दूध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरू बताउँछन् ।

मासु र मिठाइ
कुखुराको मासु खानु भएको छ भने सके सम्म दूधका पदार्थहरु नखानुस् । मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । यसले पनि पेटमा समस्या ल्याउन सक्छ ।

प्याज र दूध
प्याज र दूध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दूध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिस जस्ता रोग लाग्ने खतरा हुन्छ ।

माछा र दही
दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले तपाइँलाई छालाको रोग लाग्ने र एलर्ली हुने खतरा समेत बढाउँछ ।

खाना र फल
खाना खाने समयमा फलफूल सेवन नगर्नुस् । फल सेवन गरेपछि कम्तिमा २ घण्टा पछि मात्र खाना खानु राम्रो हुन्छ । खानामा कार्बोहाइड्रेट बढी हुने र फलमा प्रोटिनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।

दूध र कागती
दूधसँग कागती मिसाएर सेवन नगर्नुस् । यसले तपाइँको स्वास्थ्यमा धेरै हानी गर्छ । किन भने यी दुवै एकै पटक सेवन गर्दा एसिडिटी हुने खतरा हुन्छ ।

मासको दाल र दही
मासको दाल खाएको समयमा दही खानु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने विज्ञहरू बताउँछन् । यसबाट मुटुसम्बन्धी बिरामी हुन सक्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested