English

जलबिन्दुको लक्षण र जोगिने उपाय



जलबिन्दु यस्तो विमारी हो जसमा आँखाको ओप्टिक नर्व क्षतिग्रस्त हुन्छ । सामान्यतया आँखाको अगाडीको भागमा अकुएस ह्युमोर नामको पानी संचारित हुन्छ । अकुएस ह्युमोर ज्यादा बन्नु वा कम निकास हुनुको कारण आँखाको प्रेसर घटबढ भई बिस्तारै ओप्टिक नर्र्भमा क्षति पुर्याउँछ । यही स्नायुमा क्षति पुर्याउने रोगलाई नै जलबिन्दु भनिन्छ ।

लक्षण
जलबिन्दुका लक्षण यिनका प्रकार र तहमा भर पर्छन् । सामान्यतया प्रारम्भिक तहमा यसको कुनै स्पष्ट संकेत हुँदैनन् । बिरामी बढ्दै जाँदा बिस्तारै दृष्टिमा कमि हुँदै जान्छ र अन्तिम बेला खाली बीच भाग मात्र देखिने हुन सक्छ । यसरी जलबिन्दुले बिस्तारै स्थायी रुपमा अन्धोपन समेत गराउने सम्भावना हुन्छ । आँखाको प्रेसर बढेको बेलामा आँखा दुख्ने, रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।

जलबिन्दुका जोखिम
जलबिन्दुको जोखिममा पर्नेहरुमा ४० वर्ष भन्दा माथिका उमेर समुह, परिवारमा कसैलाई जलबिन्दु भएका मानिस, मधुमेह तथा उक्त रक्तचाप भएका मानिसहरु, आँखामा चोट लागेका मानिस, धेरै समयसम्म छोटो तथा लामो दृष्टि दोष भएका मानिसहरु पर्दछन् ।

जोगिने उपाय
जलबिन्दुबाट जोगिनको लागि नियमित रुपमा आँखाको प्रेसर जाँच गर्नु पर्छ । सुगर तथा प्रेसरलाई कन्ट्रोल गर्नु पर्छ । आँखाको अन्य समस्या छ भने पनि आँखाको प्रेसर जाँच गर्नु पर्छ । नियमित रुपमा योगा तथा व्यायाम गर्ने र राम्रो निन्द्राले पनि जलबिन्दुको जोखीमलाई कम गर्छ ।

उपचार
नियमित उपचारले जलबिन्दुबाट हुन सम्ने अरु नोक्सानबाट बचाउन सकिन्छ । आँखाको प्रेसर कम राख्ने र ओप्टिकल नर्भलाई अरु क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो ।

जलबिन्दुको प्रकार अनुसार यसको उपचारका विकल्पहरु हुन्छन जस्तै: जलबिन्दुको औषधि नियमित रुपमा आँखामा प्रयोग गर्ने अर्को लेजर उपचार तथा जलबिन्दुको शुल्यक्रिया ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा
यस्ता छन् अमला खानुको फाइदा
यी हुन् दैनिक अण्डा खानुको १० फाइदा
यी हुन् नियमित गाजर खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested