English

रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)



शरोन भुर्तेल । कक्षा ६ । उमेर ११ बर्ष । केही दिन अघिको कुरा । अचानक रगतले रङ देखायो । शरोन पहिलोपटक रजश्वला भइन् ।

स्वभाविक हो,संसारका हरेक महिला रजश्वलामने प्रक्रियाबाट गुज्रिनुपर्छ । यो हरेक महिलाको जीवनमा आउने नियमित चक्र पनि हो । महिलाको शरीरमा देखिने परिवर्तनको प्राकृर्तिक संकेत हो । जननीको प्रारम्भिक कदम पनि हो । अरु किशोरीजस्तै शरोन पहिलो पटक रजश्वला भइन् । तर, रगतको रातो रङले उनलाई तर्साएन । परिवारले उनलाई अध्याँरो कोठाको कुनामा खुम्चिएर बस्न भनेन । न कुनै छोइछिटो न भान्सा पस्न रोकतोक ।

शरोनका अभिभावकले रजश्वला र रातो रङलाई संकेत गर्ने आकर्षक केक अर्डर गरे । छोरीलाई ख्वाय आफुले पनि खाए । उत्सवको यो पहिलो घण्टीमा छोरी शरोनले चिया बनाएर अभिभावकलाई खुवाइन् ।

असहज ब्यवहार ? अँह यस्ता केही कुरा भोग्नु परेन शरोनले । हो,हामीकहाँ रजश्वला भएकी महिलामाथि धेरै किसिमको बारबन्देज लगाइन्छ । तर शरोनका लागि पहिलो रजश्वलाले उत्सवको जन्ती लिएर आयो । यो कसरी ? कारक हो,शरोनका अभिभावकको चेतनाको स्तर । आमा नमिता पौडेल र बुवा सुवास भुर्तेलको प्रेरणा अनि मार्गदर्शनकै कारण शरोनले आफ्नो पहिलो रजश्वलालाई स्वभाविक रुपमा लिन सकिन् ।

प्राय हाम्रा किशोरीहरु यस्तो बेला डर,त्रास र अपहेलनाको मारमा पर्छन । तर यहाँ त्यस्तो केही भएन । शरोनका अभिभावकले रजश्वला र रातो रङलाई संकेत गर्ने आकर्षक केक अर्डर गरे । छोरीलाई ख्वाय आफुले पनि खाए । उत्सवको यो पहिलो घण्टीमा छोरी शरोनले चिया बनाएर अभिभावकलाई खुवाइन् ।

आमा नमिताले छोरीको पहिलो रजश्वलालाई उत्सवको रुप दिएको प्रसङ्ग र तस्विरहरु सामाजिक संजालमा राखिन् । उनले लेखिन,‘..मलाई गर्व छ कि मेरी छोरी प्राकृर्तिक रुपले हुर्किदैँ छिन् र म हरेक चरणलाई उत्साहको रुपमा मनाउँछु ।’ बधाईको ओइरो त बाढी जस्तै आयो । सबैले यसलाई घरबाटै सुरु गरिएको सामाजिक रुपान्तरणको कोशेढुङ्गा माने ।

आमा नमिताकी साथी प्रतिमा भण्डारीले फेसबुकको भित्तामा लेखिन्, ‘साथी,तिम्रो यो पाइलाले आज साँच्चै ह«दय विभोर भयो । गर्विलो शुरुआत गर्यौ । आज म आफू नै पहिलो पटक रजश्वला भएको महशुस भयो । अनि छोरीसँगै मैले पनि पहिलो रजश्वला भएको उत्सव मनाए,मन मनै । समाजले साधुवाद भन्नैपर्छ शरोनका यी अभिभावकलाई । अझ आमा नमिताले आफू पहिलो पटक रजश्वला हुँदा भोगेको शारिरिक र मानसिक प्रताडना छोरीले भोग्नु नपरोस भनेर जुन सचेतना देखाइन,त्यसले शरोनलाईमात्र होइन, सिङ्गो नेपाली समाजलाई पनि गतिलो सन्देश दिएको छ ।

नेपोलियनले त्यसै भनेका थिएनन,‘असल आमा पाए म असल राष्ट्र दिन्छु ।’

भिडियो :

यो पनि पढ्नुहोस् :
३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)

राउटे : बढ्यो जनसंख्या, फेरिँदै लाइफस्टाइल
महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो