English

सुत्केरी भएपछि पेटलाई सन्तुलनमा ल्याउन के गर्ने ?



सुत्केरी भएपछि प्रायः महिलाको पेटको छाला झुन्डिएको अवस्थामा हुन्छ । पेट घटेर पहिलेकै अवस्थामा आउँछ भन्ने धेरै महिलालाई लाग्न सक्छ । तर, त्यस्तो हुँदैन । नौ महिनासम्म तन्किएको मांसपेशीहरु त्यसरी नै झुन्डिएर रहन्छ । समयमै ध्यान प¥याइएन भने पहिलेको अवस्थामा ल्याउन धेरै गाह्रो हुन्छ । त्यसैले सुत्केरी भएपछि पेटलाई कसरी सन्तुलनमा ल्याउने भन्ने बारे डा.नितेश घिमिरेको सुझाव यस्तो छ :

एब्डोमेनल बेल्ट बाँध्ने

बच्चा जन्मिसकेपछि नर्मल डेलिभरी होस् वा अप्रेसन । पाठेघरलाई आफ्नो ठाउँमा आउन कम्तिमा ६ हप्ता लाग्छ । यो समयलाई इन्भोलोसन भनिन्छ । यो अवस्थामा एब्डोमेनल बेल्ड बाँध्नु पर्ने हुन्छ । यो बेल्टले पुरै तन्किएको मासंपेशीलाई र ढाडलाई पनि सपोर्ट पु¥याउँछ । पहिलेको जमानामा पनि हजुरआमाहरुले पनि पटुकाले पुरै कम्मरलाई बेर्ने गर्थे । त्यसैले अप्रेसन होस् या सामान्य सुत्केरी भएका महिलाले यो बेल्ट बाँध्न सक्छन् ।

कति समय बाँध्ने ?

सकिन्छ भने २४ घन्टा सातै दिन बाध्नुपर्छ । यदि अफ्ठेरो हुन्छ भने खाना खाने बेला वा राति सुत्ने बेलामा खोल्न सकिन्छ । जति धेरै समय बेल्ट बाध्न सक्यो त्यती नै छिटो पेटलाई पहिलेको अवस्थामा ल्यान मद्धत गर्छ ।

अन्य के के कुरामा ध्यान दिने ?

– बच्चालाई स्तनपान गराउनु पनि एउटा निकै राम्रो कसरत हो । स्तनपान गराउँदा पनि महिलाहरुको धेरै तौल घट्छ ।
– प्रसस्त मात्रामा पानी पिउने ।
– पोषणयुक्त खानेकुराहरु खाने ।
– बाहिरको प्याकेट फुड र जंक फुडहरु नखाने ।
– दैनिक रुपमा व्यायाम गर्ने ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?
नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
यी हुन् नियमित अनार खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,