English

सुत्केरी भएपछि पेटलाई सन्तुलनमा ल्याउन के गर्ने ?



सुत्केरी भएपछि प्रायः महिलाको पेटको छाला झुन्डिएको अवस्थामा हुन्छ । पेट घटेर पहिलेकै अवस्थामा आउँछ भन्ने धेरै महिलालाई लाग्न सक्छ । तर, त्यस्तो हुँदैन । नौ महिनासम्म तन्किएको मांसपेशीहरु त्यसरी नै झुन्डिएर रहन्छ । समयमै ध्यान प¥याइएन भने पहिलेको अवस्थामा ल्याउन धेरै गाह्रो हुन्छ । त्यसैले सुत्केरी भएपछि पेटलाई कसरी सन्तुलनमा ल्याउने भन्ने बारे डा.नितेश घिमिरेको सुझाव यस्तो छ :

एब्डोमेनल बेल्ट बाँध्ने

बच्चा जन्मिसकेपछि नर्मल डेलिभरी होस् वा अप्रेसन । पाठेघरलाई आफ्नो ठाउँमा आउन कम्तिमा ६ हप्ता लाग्छ । यो समयलाई इन्भोलोसन भनिन्छ । यो अवस्थामा एब्डोमेनल बेल्ड बाँध्नु पर्ने हुन्छ । यो बेल्टले पुरै तन्किएको मासंपेशीलाई र ढाडलाई पनि सपोर्ट पु¥याउँछ । पहिलेको जमानामा पनि हजुरआमाहरुले पनि पटुकाले पुरै कम्मरलाई बेर्ने गर्थे । त्यसैले अप्रेसन होस् या सामान्य सुत्केरी भएका महिलाले यो बेल्ट बाँध्न सक्छन् ।

कति समय बाँध्ने ?

सकिन्छ भने २४ घन्टा सातै दिन बाध्नुपर्छ । यदि अफ्ठेरो हुन्छ भने खाना खाने बेला वा राति सुत्ने बेलामा खोल्न सकिन्छ । जति धेरै समय बेल्ट बाध्न सक्यो त्यती नै छिटो पेटलाई पहिलेको अवस्थामा ल्यान मद्धत गर्छ ।

अन्य के के कुरामा ध्यान दिने ?

– बच्चालाई स्तनपान गराउनु पनि एउटा निकै राम्रो कसरत हो । स्तनपान गराउँदा पनि महिलाहरुको धेरै तौल घट्छ ।
– प्रसस्त मात्रामा पानी पिउने ।
– पोषणयुक्त खानेकुराहरु खाने ।
– बाहिरको प्याकेट फुड र जंक फुडहरु नखाने ।
– दैनिक रुपमा व्यायाम गर्ने ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?
नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
यी हुन् नियमित अनार खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested