English

लयमा फर्किंदै ठमेलको रात्रिकालिन व्यवसाय



ठमेलको रात्रिकालिन व्यवसाय बन्द भएको पाँच महिनापछि पूनः लयमा फर्किदै छ । सरकारले यहीँ भाद्र १६ गतेदेखि निषेधाज्ञा हटाएसँगै यहाँका सम्पूर्ण व्यवसाय सञ्चालनमा आएका हुन् ।

ठमेल क्षेत्र विदेशी पर्यटकको गन्तव्य स्थल हो । विदेशी पर्यटकको भरिभराउ हुने ठमेल दिउँसो भने सुनसान नै देखिन्छ यद्यपि, राति भने चहलपहल बढेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोल बताउँछन् । ‘विदेशी पर्यटक नभएर दिउँसो ठमेल क्षेत्र सुनसान हुन्छ,’ डंगोलले भने, ‘राति २ बजेसम्म क्लबहरु संचालन हुन्छन्, आन्तरिक पर्यटकको घुइँचो भएर चहलपहल बढेको छ ।’

रात्रिकालिन व्यवसाय सञ्चालन भएपनि व्यवस्थित भने हुन नसकेको उनको भनाई छ । ‘राति धेरै घुइँचो हुने भएकाले हो–हल्ला बढी हुने, ठूला अवाज आउने मोटरसाइलहरु गुड्नाले ध्वनी प्रदूषण भएको छ,’ डंगोलले भने, ‘यसले स्थानीयलाई समस्या भएको गुनासो आउँछ, त्यो व्यवास्थित गर्दैछौँ ।’

डान्स र नाइट क्लबमा धेरै नै चहलपहल बढेको छ । लर्ड अफ दी ड्रिंक्स (एलओडी) डान्स एण्ड नाइट क्लबमा स्वास्थ्य सुरक्षा लागि कोरोना खोप लगाएको कार्ड अनिवार्य रहेको सिइओ रविन श्रेष्ठ बताउँछन् ।

कोरोना महामारीपछि धरापमा परेका व्यवसायीहरुले रात्रिकालिन व्यवसाय खुलेपछि केहि राहत पाएका छन् । दिउँसो व्यवसाय गर्नेहरु पनि रात्रिकालिन व्यवसायमा आउन थालेका छन् । कोठाभित्र बसेर थाकेकाहरु महिनौंपछि रातिको समयमा रमाइलो गर्न आउने गरेका छन् । ठमेलको रात्रिकालिन व्यवसायमा ६० देखि ७० प्रतिशत मजदूर काममा फर्केको डंगोलले बताए ।

ठमेलको दिवाकालिन व्यवसाय र सम्पूर्ण पर्यटन व्यवसायहरु चलायमान बनाउनका लागि बाहिरको पर्यटकको आगमनको व्यवस्था सरकारले मिलाउनु पर्ने डंगोल बताउँछन् । ‘पहिलोमा सबैलाई कोरोनाको भ्याक्सिन, दोस्रोमा भिसाको सर्वसुलबता, तेस्रोमा एयरलाइन्सको बन्दोवस्ता र चौथोमा पर्यटकका लागि प्याकेजिङ अनिवार्य सरकारले व्यवस्था गर्नुपर्छ,’ डंगोलले भने ।

डान्स र नाइट क्लबमा धेरै नै चहलपहल बढेको छ । लर्ड अफ दी ड्रिंक्स (एलओडी) डान्स एण्ड नाइट क्लबमा स्वास्थ्य सुरक्षा लागि कोरोना खोप लगाएको कार्ड अनिवार्य रहेको सिइओ रविन श्रेष्ठ बताउँछन् ।

अहिले मान्छेहरु सचेत देखिएकाले पहिला स्वास्थ्य, त्यसपछि मात्रै रमाइलोलाई जोड दिनुपर्ने धारणा राख्दै श्रेष्ठ भन्छन्, ‘पहिलाको जस्तो चहलपहल भन्न मिल्दैन, तर बिस्तारै राम्रो हुँदै गएको छ,’ श्रेष्ठले भने, ‘अहिले ३० देखि ४० प्रतिशत मात्र व्यपार छ, सबैले भ्याक्सिन लगाई सकेका छैनन् जसकारणले सचेत भएर मान्छे बाहिर आएका छैनन् ।’

रात्रिकालिन र पर्यटन क्षेत्रलाई पहिलाकै लयमा फर्काउनका लागि सरकारले सकेसम्म सबैलाई छिटोभन्दा छिटो कोरोनाको खोप व्यवस्था गर्नु पर्ने श्रेष्ठको पनि माग छ ।

यो पनि पढ्नुहोस्:

अब कहिले उठ्ला ठमेल ?

ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ ?
बरु कोरोना लागोस् तर लकडाउन नहोस्
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय मान्दैनौं



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested