English

साढे १४ हजार रात्रिकालीन व्यवसायी मारमा

ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ ?



रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय आएपछि ठमेल फेरि धरापमा परेको छ । तर, ठमेल पर्यटन विकास परिषद्ले सरकारको निर्णय नमान्ने भएको छ । परिषद् सरकारको तर्फबाट बन्द गर्ने कुनै पत्र नपुगेकाले यो निर्णय मान्न तयार नभएको हो ।

सरकारको निर्णय चासो राख्दैनौं

गत वर्ष भएको बन्दाबन्दीका कारणले मारमा परेको व्यवसाय फेरी बन्द गरेमा ठमेल बजार बिस्थापित हुन सक्ने परिषद्का पदाधिकारीहरू बताउँछन् । दिउँसो हुने व्यवसायीको बारेमा सरकारले कुनै निर्णय नगरी रात्रिकालीन व्यवसायको बारेमा मात्रै निर्णय गरेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोलको गुनासो छ । उनी भन्छन्, ‘रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा सरकारले जबसम्म अनुगमन गर्दैन, तबसम्म सरकारले के निर्णय गर्यो चासो राख्दैनौं ।’

रात्रिकालीन व्यवसाय मात्र बन्द गरेर कोरोनाको कहर कम नहुने बताउँदै उनी भन्छन्, ‘दिउँसोको समयमा न्यूरोड, असन, बालकुमारी, टेकुमा भिडभाड बेसी नै हुन्छ, जहाँ मास्क पनि प्रयोग गरिएको देखिदैन । यसरी दिउँसोमा कोरोनाको कहर नहुने तर रातीमा कोरोनाको कहर हुने सरकारको ठम्याई छ, के राती मात्र कोरोना सर्छ ?’

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोल भन्छन्, ‘रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा सरकारले जबसम्म अनुगमन गर्दैन, तबसम्म सरकारले के निर्णय गर्यो चासो राख्दैनौं ।’

कोरोना खोपको समेत जोहो

ठमेलमा हुने रात्रिकालीन व्यवसायमा सहभागी हुने सबैले कोरोनासम्बन्धि स्वास्थ्य सुरक्षा अपनाएको बताउँछन् । परिषद्ले स्वस्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी ठमेल क्षेत्रका व्यवसायी, कर्मचारी र घरधनीका लागि कोरोना खोप समेत ल्याएको छ । डंगोल भन्छन्, ‘कोरोना सुरक्षासम्बन्धि ठमेल क्षेत्रमा कार्य गर्ने सबै कर्मचारीलाई माक्स, फेस सिल्ड, सेनिटाइजर अनिवार्य प्रयोग गरेका छन् । सामाजिक दूरी कायम पनि पहल गर्छौं ।’

डंगोलका अनुसार कोरोनाका कारण वर्षदिन थलिएका व्यवसायी भर्खर उठ्न थालेका छन् । पर्यटन व्यवसायको मुटु रात्रिकालीन व्यवसाय भएकाले यस क्षेत्रका व्यवसाय धरापमा परे नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुग्छ । रात्रिकालीन व्यवसायमा प्रत्यक्ष रूपमा १४ हजार ५ सय ५९ जना कर्मचारी कार्यरत छन् । यसले यस क्षेत्रको व्यवसायबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा लाभ लिइ रहेका कर्मचारीको रोजीरोटी खोसिन्छ ।

रात्रिकालीन व्यवसायमा प्रत्यक्ष रूपमा १४ हजार ५ सय ५९ जना कर्मचारी कार्यरत छन् । यसले यस क्षेत्रको व्यवसायबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा लाभ लिइ रहेका कर्मचारीको रोजीरोटी खोसिन्छ ।

त्यसैगरी, सरकारबाट अहिलेसम्म ठमेलको रात्रिकालीन व्यवसाय बन्द गर्ने सम्बन्धि कुनै पत्र नआएकाले व्यवसाय बन्द नगर्ने ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारी बताउँछन् । सरकारले व्यवसाय बन्द गराउने भए परिषद् र व्यवसायीहरूसंग समन्वय गरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ छ । ‘सरकारले ठमेल क्षेत्रमा हुने व्यवसायको अनुगमन नगरी र ठमेल पर्यटन विकास परिषद्संग कुनै समन्वय नगरी एकोहोरो निर्णय गरेको छ, यसलाई हामी मान्न तयार छैनौ ।’ उनी भन्छन् ।

कोरोनाका कारणले वर्षदिन थलिएका व्यापार व्यवसायमा पारेको घाटा सरकारले बेहोर्न नसक्ने अधिकारी बताउँछन । उनी भन्छन् ‘रात्रिकालीन व्यवसाय बन्द नगरियोस् । मजदुरहरूको रोजीरोटी नखोसियोस् । व्यापारीहरूलाई विस्थपित हुनबाट बाध्य नगरियोस् ।’

‘सरकारको यस्तो निर्णयले रोगले भन्दा भोकले मर्नुपर्ने बाध्यता सिर्जना हुन्छ,’ अधिकारी भन्छन् ‘व्यापारीले ठूलो मात्रामा ऋण लिएको हुन्छ, ऋणको व्याज तिर्न बैंकले बाध्य गरेको हुन्छ । यस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले पहिलेकै स्वरुपमा व्यापार सञ्चालन गर्न दिनुपर्छ ।’

डान्स र नाइट क्लब बन्द

यसैबीच लर्ड अफ दी ड्रिंक्स (एलओडी) डान्स एण्ड नाइट क्लबले ठमेल पर्यटन विकास परिषद्लाई नै चुनौती दिएका छन् । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णयलाई ध्यानमा राखेर मंगलबारदेखि क्लब बन्द गरेको यसका सीईओ रविन श्रेष्ठ बताउँछन् । परिषद्संग समन्वय गरेर नै क्लब बन्द गरिएको उनी बताउँछन् । सरकारको नियम हालको अवस्थामा पहिला स्वास्थ्य, त्यसपछि मात्रै व्यापारलाई जोड दिनुपर्ने धारणा राख्दै उनी भन्छन्, ‘दिनदिनै कोरोनाको संक्रमण बढ्न थालेको छ, त्यो हिसावले सबैले सर्तकता अपनाउनु पर्छ । त्यसैले, कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी बन्द गरेका हौं ।’

रात्रिकालीन व्यवसाय बन्द भएमा गरी खाने बाटो नै बन्द हुने तीन वर्षदेखि यस्तो व्यवसाय गर्दै आएकी फुटपाथ पसले पञ्चकुमारी तामाङ बताउँछिन् ।

त्यसैगरी रात्रिकालीन व्यवसाय बन्द भएमा गरी खाने बाटो नै बन्द हुने तीन वर्षदेखि यस्तो व्यवसाय गर्दै आएकी फुटपाथ पसले पञ्चकुमारी तामाङ बताउँछिन् ।

यो पनि पढ्नुहोस्
एकैपटक २३ सय भन्दा धेरैलाई कोरोना
सेलिब्रेटीहरूलाई पनि गाँज्यो कोरोनाले



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,