सेलिब्रेटीहरूलाई पनि गाँज्यो कोरोनाले



बैशाख ७ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो ७१औं जन्मदिन मनाए । तर, जन्मदिनको नमीठो उपहार आइलाग्यो । उनीसहित उनको सपरिवारलाई कोरोना पोजेटिभ भएको रिपोर्ट त्यही दिन आयो । सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्ती हुने रहेछ । त्यसैले, यसलाई खेलाँची नगर्नु होला, जति सकिन्छ कोरोनाबाट शतर्क रहनु होला ।’

मदनकृष्ण सपरिवार अहिले होम आइसोलेसनमा बसेका छन् । उनीजस्तै अन्य नेपाली सेलीब्रेटीहरूलाई पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोनाको पहिलो लहरबाट पनि थुप्रै सेलिब्रेटीहरू प्रभावित भएका थिए । अहिले फेरि कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको बेला नेपाली सेलीब्रेटीहरू क–कसलाई कोरोना पोजेटिभ देखियो त ?

पूर्वराजा ज्ञानेन्द्र दम्पत्ती

भर्खरै लाखौं उपस्थित भारतको कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तीलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबार स्वाब दिएका उनीहरू दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो । पत्नी कोमल शाहसहित संक्रमित भएपछि आफूहरू अहिले होम आइसोलेसनमा बसेको तथा आफ्नो सम्पर्कमा आएका सबैले कोरोना टेष्ट गर्न अनुरोध पनि ज्ञानेन्द्रले गरेका थिए ।

पत्नी कोमल शाहसहित संक्रमित भएपछि आफूहरू अहिले होम आइसोलेसनमा बसेको तथा आफूहरूको सम्पर्कमा आएका सबैले कोरोना टेष्ट गर्न अनुरोध पनि ज्ञानेन्द्रले प्रेस विज्ञप्तीमा जनाएका थिए ।

श्रेया सुवेदी

कमेडी च्याम्पियन २ की प्रतियोगी श्रेया सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी कमेडी च्याम्पियनकी टप १० प्रतियोगी हुन् । उनलाई कोरोना भएपछि एक साताको लागि कार्यक्रमको छायाङ्कन कार्य रोकिएको छ ।

सोमबार राती श्रेयालाई कोरोना पोजेटिभ देखिएपछि कमेडी च्याम्पियनका अन्य सदस्यहरूले पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले एक साताको लागि कार्यक्रमको छायाङ्कन रोकिएको छ । कमेडी च्याम्पियनका सबै सदस्यहरू अहिले रिपोर्टको प्रतिक्षामा छन् ।

सेल्फ आइसोलेसनमा करिष्मा

वरिष्ठ हास्य कलाकार श्रेष्ठको सपरिवारलाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएकी नायिका करिष्मा मानन्धर होम आइसोलेसनमा बसेकी छन् । उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकाले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेकी छु । सम्पूर्णको शीघ्र स्वस्थ्य लाभको कामना गर्दछु ।’ उनले अरुलाई दिनहुँ दुई पटक बाफ लिन र सम्पूर्ण सुरक्षा विधि अनिवार्य रूपमा अपनाउन अनुरोध समेत गरेकी छन् ।

नायिका मानन्धरले केकी अधिकारीलाई पनि कोरोना भएको भने पनि केकी आफैले भने केही खुलाएकी छैनन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको