English

एकैपटक २३ सय भन्दा धेरैलाई कोरोना, काठमाडौं उपत्यकामा मात्रै एक हजार बढी संक्रमित



बुधवार मात्र देशभर २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा गत सोमवारदेखि आजसम्म २३ हजार ९ सय पीसीआर परीक्षण भएकोमा ५ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमै ७ सय ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ५८१ रहेको छ ।

No photo description available.

त्यस्तै संस्थागत आइसोलेसनमा ८३६ र होम आइसोलेसनमा ९ हजार ४४६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै देशभर आज ८ हजार ८४४ जनाको पीसीआर नमूना परीक्षण भएका छन् भने ८०३ जनाको एन्टीजेन परीक्षण भएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टीजेन विधिबाट १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बुधवार नेपालमा २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत चौबीस घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ११२ पुगेको छ ।

No photo description available.

बुधवार काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना गरी १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर अहिले ८६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २८७ रहेको छ भने १८० जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेका छन् ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested