अब कहिले उठ्ला ठमेल ?



काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना संक्रमणका कारण सुनसान बनेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो । गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि बिस्तारै चहलपहल सुरु भएपनि वैशाखको पहिलो हप्तादेखि नै यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेको हो ।

पहिलो चरणको कोरोना संक्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना संक्रमणमा पनि बन्द भए । जसले विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टर्ड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल झन् सुनसान बन्यो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । गत वर्षको बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालिन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो ।

ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन गत वर्ष ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

व्यवसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यवसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण स्वदेशी तथा विदेशी पर्यटक नेपाल घुम्नका लागि नआएका कारण ठमेल सुनसान बनेको बताउँछन् । ‘पर्यटन व्यवसायीलाई खोपको उचित प्रबन्ध गरेर स्वास्थ्य मापदण्डसहित ठमेल क्षेत्र खुलाउनका लागि राज्य गम्भीर बन्नुपर्छ’, उनी भन्छन् ।

उपाध्यक्ष शर्माले कोरोनाका कारण व्यापार व्यवसाय बन्द हुँदा मर्कामा परेका पर्यटन व्यवसायलाई विस्तारै चलायमान बनाउन खोज्दा प्रहरीले धरपकड गर्ने गरेको गुनासोसमेत गरे । पर्यटन क्षेत्र निर्वाध रुपले चल्न दिनुपर्ने उनको माग छ । तत्काल विदेशी पर्यटक आउने वातावरण नभए पनि आन्तरिक पर्यटक आउने वातावरण ठमेलले निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन गत वर्ष ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई बचाउन महानगरपालिकाले पर्यटन व्यवसायमा लाग्ने कर र घरबहाल करमा छुट दिने नीति अगाडि सारेको बताउँछन् ।

पर्यटन व्यवसायी लीलाबल्लभ दाहाल ‘काका’ ठमेल क्षेत्रलाई बचाउनका लागि पर्यटन व्यवसायीलाई व्यवसायको आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बताउँछन् । ‘गत वर्षको मौद्रिक नीतिमा पर्यटन व्यवसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सो ऋण पहुँचवाला व्यवसायीको हातमा मात्र पुग्यो’, उनी भन्छन्, ‘व्यवसायको आधारमा ३५ लाखदेखि पाँच करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउनुपर्छ ।’

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल नपुगी सायदै फर्कँदैनन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई बचाउन महानगरपालिकाले पर्यटन व्यवसायमा लाग्ने कर र घरबहाल करमा छुट दिने नीति अगाडि सारेको बताउँछन् ।

लामो समयसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनमा ल्याउनुपर्ने उनी बताउँछन् । ‘ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ’, उनी भन्छन्, ‘ठमेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ । यो कुरा सरकारले भुल्न हुँदैन ।’



...
दुःख कृषकलाई नाफा बिचौलियालाई « Mero LifeStyle

[…] पनि पढ्नुहोस्:अब कहिले उठ्ला ठमेल ?ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ […]

...
धौलागिरि पदमार्ग सुनसान, होटल व्यवसायी मारमा « Mero LifeStyle

[…] पनि पढ्नुहोस्:अब कहिले उठ्ला ठमेल ?ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ […]

...
मास्क प्रयोगको बानी बसाउनै मुस्किल « Mero LifeStyle

[…] दर घट्दै गएको छ ।यो पनि पढ्नुहोस्:अब कहिले उठ्ला ठमेल ?ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ […]

...
लयमा फर्किंदै ठमेलको रात्रिकालिन व्यवसाय « Mero LifeStyle

[…] श्रेष्ठको पनि माग छ ।यो पनि पढ्नुहोस्:अब कहिले उठ्ला ठमेल ?ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ […]

...
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर) « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै